आइतबार, असार २८, २०८३

फाइनल पुग्ने दिल्लीको अन्तिम अवसरमा हैदराबाद हुनसक्छ बाधक

इन्डियन प्रिमियर लिग (आईपीएल)मा अब मात्र दुई खेल बाँकी छन्।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा अब मात्र दुई खेल बाँकी छन्। आज (आइतबार) साँझ पौने ८ बजे अबुधाबीमा हुने दोस्रो क्वालिफायरको खेलमा दिल्ली क्यापिटलले सनराइजर्स हैदराबादको सामना गर्नेछ।

आजको खेल दुवै टिमका लागि ‘गर वा मर’को स्थितिमा रहनेछ। पछिल्लो खेलमा मुम्बई इन्डियन्ससँग लज्जास्पद हार बेहोरेको दिल्ली दोस्रो क्वालिफायरमा बलियो रणनीतिका साथ प्रवेश गर्नेछ।

यता लगातार चार जितको दौरानबाट दोस्रो क्वालिफायर पुगेको हैदराबादको ‘विनिङ वे’ नै दिल्लीको रणनीतिमाथि भारी पर्ने देखिन्छ।

त्यसमाथि भरपर्दा ब्याट्सम्यान डेबिड वार्नरको कप्तानी हैदराबादको अर्को सम्पत्ति हो। उसलाई एकमात्र घाटा भनेको चाहिँ ऋद्धिमान सिंह चोटग्रस्त हुनु हो।

उनको स्थानमा आएका श्रीभाट्स गोस्वामीले पछिल्लो खेलमा उत्कृष्ट पारी खेल्न सकेनन्। उनी शून्य रनमै आउट भए। त्यसैले आजको ओपनिङमा हैदराबादले खेलाडी परिवर्तन गर्न सक्ने देखिन्छ।

डेबिड वर्नरसँग मनिष पाण्डे र केन विलियम्सनसँग प्रियम गर्गको साझेदारी हैदराबादको बलियो पक्ष हो।

लिग चरणमा पनि हैदराबादले दुवै खेलमा दिल्लीलाई हराएको थियो। पहिलो खेलमा दिल्लीले १५ रनको हार बेहोरेको थियो भने रिटर्न म्याचमा हैदराबादले ८८ रनको सानदार जित निकालेको थियो।

यता, दिल्लीको जितको आधार भनेको बलिङ हो। ऊसँग कागिसो रबाडा, एनरिच नोर्किया र रविचनद्र अश्विनजस्ता उत्कृष्ट खेलाडी छन्। उनीहरु सबैले दशभन्दा धेरै विकेट लिएका छन्।

त्यस्तै, दिल्लीका नोर्किया र रबाडाले सयभन्दा धेरै डट बल प्रहार गरिसकेका छन्। यता हैदराबादको पनि नतिजा योभन्दा कम भने छैन।

हैदराबादका वार्नर र दिल्लीका डेभिड धवनले जारी सिजनमा पाँच सयभन्दा धेरै रन बनाएका छन्। तीन सयभन्दा धेरै रन बनाउने खेलाडीमा दुवै टिमका ३–३ खेलाडी छन्।

यसकारण यी दुई टिमबीच जारी सिजनमा कडा प्रतिस्पर्धा देखिन्छ। लिग चरणमा पनि दिल्ली दोस्रो स्थानमा थियो भने हैदराबाद तेस्रो स्थानमा।

तर अहिले दिल्लीका खेलाडीले चौथो दिनमा प्रतिस्पर्धा गर्दा हैदराबादले दुई दिनमै प्रतिस्पर्धा गर्दै छ। दिल्लीले दोस्रो क्वालिफाइङको तयारीका लागि तीन दिनको अवसर पाएको छ भने हैदराबादले एक दिनको समयमात्र पाएको छ।

आईपीएलमा हैदराबादले दुई उपाधि जितेको छ भने दिल्लीले फाइनल खेल्ने अवसर पाएको छैन।

सम्भावित प्लेइङ सेटः

दिल्लीः शिखर धवन, अजिंक्य रहाणे, श्रेयस अयर, सिमरन हेट्मायर, ऋषभ पन्त, मार्कस स्टोइनिस, हर्षल पटेल, अक्षर पटेल, कागिसो रबाडा, रविचन्द्र अश्विन, एनरिच नोर्किया

दराबादः डेबिड वार्नर, श्रीभाट्स गोस्वामी, मनिष पाण्डे, केन विलियम्सन, प्रियम गर्ग, जेसन होल्डर, अब्दुल समद, रशिद खान, अहबाज नदिम, सन्दीप शर्मा, टी नटराजन

प्रकाशित: Nov 08, 2020| 11:42 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।