आइतबार, असार २८, २०८३

पीएसजीलाई सिजनको आठौं जित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निकट प्रतिद्वन्द्वी रेन्निसलाई हराउँदै सिजनको आठौं जित निकालेको छ। 
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौैं– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निकट प्रतिद्वन्द्वी रेन्निसलाई हराउँदै सिजनको आठौं जित निकालेको छ। 

पीएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिमविरुद्ध ३–० गोलको जित निकालेको हो।

पीएसजीका लागि मोइसे किनले सुरुवाती गोल गरे भने डि मारियाले दुई गोल गर्दै सहज जित दिलाए। डि मारियाले दिएको पासको सदुपयोग गर्दै किनले ११ औं मिनेटमा गोल गरेका थिए। 

त्यस्तै, हेरराको पासमा डिमारियाले २१ औं मिनेटमा गोल गदै पीएसजी दुई गोलले अघि रह्यो।

पीएसजीका लागि तेस्रो गोल भने डिमारियाले दोस्रो हाफको ७३ औं मिनेटमा गरे।

शनिबार रातिको जितसँगै पीएसजीले १० खेलबाट २४ अंक बनाएको छ। सुरुवती दुवै खेलमा हार बेहोरेर खराब सुरुवात गरेको पीएसजीले त्यसयता सतप्रतिशत जित निकालेको छ।

पराजित रेन्निस भने १८ अंकका साथ तेस्रो स्थानमा छ। दोस्रोस्थानमा रहेको लिल्लेको १९ अंक छ।
 

प्रकाशित: Nov 08, 2020| 02:22 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।