आइतबार, असार २८, २०८३

डर्टमुन्डलाई हराउँदै बायर्न शीर्षस्थानमा फर्कियो

बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा साविक विजता बायर्नले डर्टमुन्डविरुद्ध ३–२ गोलको संघर्षपूर्ण जित निकालेको छ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं– बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा साविक विजता बायर्नले डर्टमुन्डविरुद्ध ३–२ गोलको संघर्षपूर्ण जित निकालेको छ।

डर्टमुन्डको मैदानमा घरेलु टिमका मार्को सिउसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेपछि बायर्नका डेबिड अल्वाले पहिलो हाफकै अतिरिक्त समयमा गोल फर्काए।

यससँगै पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो। दोस्रो हाफको ४८ औं मिनेटमा बायर्न रोबर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रतालाई आफ्नो पक्षमा पारिहाले।

यसपछि अन्तिम मिनेटसम्मै बार्यनले अग्रता कायम राख्यो। उसका लिरोय सानेले ८० औं मिनेटमा गोल गर्दै दुई गोलेको अग्रता दिलाए।

यता दोस्रो हाफपछि दबाबमा आएको डर्टमुन्डका इर्लिङ ब्रुट हाल्यान्डले ८३ औं मिनेटमा गोल गरे पनि जितका लागि पर्याप्त भएन। 

जर्मन निकट प्रतिद्वन्द्वीबीच पहिलो लेगको खेलमा बार्यनले ३–२ गोलको जित निकाल्यो।

जितसँगै ७ खेलबाट १८ अंक बनाएको बायर्न शीर्षस्थानमा फर्किएको छ भने हारका बाबजुद डर्टमुन्ड तेस्रो स्थानमा छ। 

डर्टमुन्डको १५ अंक छ भने दोस्रो स्थानको लाइप्जिकको १६ अंक छ। बायर्नले २०१५–१६ पछि पहिलो पटक सुरुवाती ७ खेलमा पाँच खेल जितेको हो।

प्रकाशित: Nov 08, 2020| 01:39 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।