आइतबार, असार २८, २०८३

जितको लयमा फर्कंदै चेल्सी

इंग्लिस प्रिमियर लिग (ईपीएल)मा तीन बराबरी र एक हार बेहोरिसकेको चेल्सी लगातार दुई खेलमा जित निकाल्दै जितको लयमा फर्किएको छ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल)मा तीन बराबरी र एक हार बेहोरिसकेको चेल्सी लगातार दुई खेलमा जित निकाल्दै जितको लयमा फर्किएको छ।

गत समर विन्डोमा थियागो सिल्वा, कई हर्भट्स, टिमो वेर्नरजस्ता मत्वपूर्ण खेलाडी भित्र्याएको चेल्सीले सुरुवाती समयमा एकनासको प्रदर्शन गर्न सकेको थिएन।

गएराति सम्पन्न खेलमा भने उसले सेफिल्ड युनाइटेडमाथि घरेलु मैदानमा ४–१ गोलको फराकिलो जित निकालेको छ।

जितका लागि डिफेन्डर थियागो सिल्वा र बेन चलबेलका साथै फरवार्ड टामी अब्राहम र टिमो वेर्नले समान १–१ गोल गरे।

एक गोलले पछि परेको अवस्थामा अब्राहमले २३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसअघि सेफिल्डका डेविड म्याक्गोल्ड्रिकले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए।

यता ३४ औं मिनेटमा चेल्सीका चिलवेलले गोल गर्दै अग्रता खोसिदिए। यससँगै पहिलो हाफमा चेल्लसी २–१ गोलले अघि रह्यो।

दोस्रो हाफको ७७ औं मिनेटमा सिल्वाले गोल गरे भने ८० औं मिनेटमा वेर्नरले गोल गरे। जियाचले प्रहार गरेको फ्रि किकलाई सिल्वाले गोलमा बदलेका थिए भने वेर्नरका लागि एनगोलो कान्टेले पास उपलब्ध गराएका थिए।

जितसहित १५ अंक बनाएको चेल्सी तेस्रो स्थानमा छ। 

खेलमा दुई पास उपलब्ध गराएका हाकिमी जियाचको प्रशिक्षक फ्रांक लाम्पार्डले प्रशंसा गरेका छन। 

‘उनी सायद राम्रो फर्ममा थिए। उनले अघिका खेलमा पनि त्यस्तै प्रदर्शन गर्नेछन्,’ लाम्पार्डले भने।

लाम्पार्डले चेल्सीको टिम ‘फम्र्याट’ सन्तुलनमा आउन थालेको पनि बताएका छन्। उनले धेरै उत्कृष्ट खेलाडी टिममा रहेकाले त्यसमा पनि राम्रो ‘प्लेइङ सेट’ बनाउन साह्रो पर्ने बताएका छन्।

उनले बनाएको फम्यार्टबाट खेलमा दुई गोल सफल भयो भने बाँकी दुई गोल डिफेन्डरले गरे।

प्रिमियर लिगका शनिबार राति सम्पन्न अर्को खेलमा क्रिटल प्यालेसले लिड्स युनाइटेडलाई ४–१ गोलले हराएको 

प्रकाशित: Nov 08, 2020| 01:11 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।