मंगलबार, चैत ३, २०८२

ला लिगामा बार्सिलोना र एट्लेटिको मड्रिडको फराकिलिो जित

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक उपविजेता बार्सिलोनाले रियल बेटिसमाथी ५–२ गोलअन्तको जित निकालेको छ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं – स्पेनिस ला–लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक उपविजेता बार्सिलोनाले रियल बेटिसमाथि ५–२ गोलअन्तको जित निकालेको छ।

National life

बार्सिलोनाका क्याम्प नाउमा सम्पन्न खेलमा फराकिलो जितका लागि लियोनेल मेस्सीले दुई गोल रेका छन्। खेलमा बार्सिलोनाका ओउसमान डेम्बेले, एन्टोनी ग्रिजम्यान र पेड्रीले समेत १–१ गोल गरे।

खेलको २२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनको अग्रतालाई बेटिसका एन्टोनियो सानाब्रियाले पहिलो हाफको अतिरिक्त समयमा बराबरीमा ल्याए।

यता बार्सिलोनाका ग्रिजम्यानले ४९ औं मिनेटमा गोल गरे भने मेस्सीले ६१ औं मिनेटमा गोल गरेपछि बार्सिलोना दुई गोलले अघि रह्यो। 

६० औं मिनेटमा बेटिसका एलिसा मेन्डीले बार्सिलोनाको स्ट्राइक हातले रोकेपछि उनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए।

Laxmi sunrise bank
kumari

१० औं खेलाडीमा सीमित टिमविरुद्ध मेस्सीले पेनाल्टीमार्फत् गोल गरे।

यता, बेटिसका जिसस ग्रासियाले ७३ औं मिनेटमा गोल गर्दै गोलअन्तर लाई ३–२ बनाए पनि मेस्सीलले ८२ औं मिनेटमा अर्को गोल थपे।

त्यस्तै पेड्रीले अन्तिम मिनेटमा गरेको गोलसँगै बार्सिलोनाले ला–लिगाको जारी सिजनमा तेस्रो जित निकाल्यो।

जितसहित ११ अंक बनाएको बार्सिलोना अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ।

त्यस्तै एट्लेटिको मड्रिडको वान्डो मेट्रोेपोलिटानो रंगशालामा शनिबार राति सम्पन्न खेलमा घरेलु टिम एट्लेटिकोले फराकिलो जित निकालेको छ।

एट्लेटिकोले कार्डिजलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदा पोर्चुगिज स्टार जोआ फेलिक्सले दुई गोल गरे।

एट्लेटिकोको जितमा मार्कोस लोरेन्टे र लुईस सुवारेजले पनि १–१ गोल गरे। जितसहित १७ अंक बनाएको रियल मड्रिड अंकतालिकाको शीर्षस्थनमा छ।
शनिबार रातिनै सम्पन्न खेलमा सेभियाले ओसासुनाविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
 

प्रकाशित: Nov 08, 2020| 00:53 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।