आइतबार, असार २८, २०८३

फर्नान्डेस चम्किँदा एभर्टनमाथि युनाइटेडको जित

काठमाडौं– पोर्चुगिज स्टार ब्रुनो फर्नान्डेस चम्किँदा इंग्लिस प्रिमियर लिग(ईपीएल) मा एभर्टनमाथि म्यानचेस्टर युनाइटेडले जित निकालेको छ।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं– पोर्चुगिज स्टार ब्रुनो फर्नान्डेस चम्किँदा इंग्लिस प्रिमियर लिग(ईपीएल) मा एभर्टनमाथि म्यानचेस्टर युनाइटेडले जित निकालेको छ।

एभर्टनको मैदान गोडिसन पार्कमा सम्पन्न खेलमा पाहुना टिमले ३–१ गोलको जित निकालेको हो।

युनाइटेडको जितमा ब्रुनो फार्नान्डेसले दुई गोल गरे भने एडिसन काभानीले एक गोल गरे। तर खेलको १९ औं मिनेटमा बेनार्डले गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।

सुरुमै एक गोलले पछि परेको अवस्थामा लुके शको पासलाई फर्नान्डेसले हेडमार्फत गोलमा बदले। उनको गोलसँगै २५ औं मिनेटमा बराबरी भएको खेलको ३२ औं मिनेटमा युनाइटेडले दोस्रो गोल गर्दै अग्रता खोसेको थियो।

यसपटक फर्नान्डेसलाई मार्कस रासफर्डले पास उपलब्ध गराए। पहिलो हाफमा २–१ के अग्रता बनाएको युनाइेडले दोस्रो हाफमा एक गोल थप्यो।

८२ औं मिनेटमा मैदान छिरेका काभानीले इन्ज्युरी समयमा गोल गर्दै जितलाई ३–१ को अन्तरमा पुर्याए।

जितसँगै युनाइटेडले ७ खेलबाट १० अंक जोडेको छ। खराब सुरुवात गरेको युनाइटेडले तीन खेलमा हार बेहोरेको छ भने एक बराबरी र तीन जित निकालेको छ।

आज पराजित एभर्टनले भने ८ खेलबाट १३ अंक बनाएको छ।
 

प्रकाशित: Nov 07, 2020| 16:18 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।