आइतबार, असार २८, २०८३

रियल मड्रिडका इडेन हजार्ड र कासिमेरोलाई कोरोना संक्रमण

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड इडेन हजार्डलाई कोरोना संक्रमण भएको छ।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड इडेन हजार्डलाई कोरोना संक्रमण भएको छ।

हजार्डसँगै डिफेन्सिभ मिडफिल्डर कासिमेरोलाई पनि कोरोना पुष्टि भएको क्लबले बताएको छ।

स्पेनिस ला लिगामा भोलि राति रियल मड्रिडले बलियो प्रतिस्पर्धी भ्यालेन्सियाको समान गर्दैछ। शीर्षस्थानमा पुग्न र पकड बनाउनका लागि उसलाई यो जित अनिवार्य जस्तै छ।

यस्तो अवस्थामा पछिल्लो समय फर्ममा रहेका हजार्डलाई कोरोना पुष्टि भएको हो। हजार्डले ला लिगाको पछिल्लो खेलमा ह्वेस्काविरुद्ध सुरुवाती गोल गरेका थिए।

रियलले सिजनका सात खेलमै एक हार बेहोरिसकेको छ। उसले पाँच जित र एक बराबरीका साथ १६ अंक बनाएको छ।

रियल सोसिडाडले एक अंकले पछि पारेको अवस्थामा उसलाई शीर्षस्थानमा पकड बनाइराख्न धेरै अंक आवश्यक छ।

हजार्ड र कासिमेरालाई कोरोना देखिए पनि अन्य खेलाडी र प्रशिक्षकको रिपार्ट नेगेटिभ आएको छ। संक्रमित दुवै जना सेल्फ आइसोलेसनमा छन् भने बाँकी खेलाडी आगामी खेलका लागि उपलब्ध हुनेछन्।

प्रकाशित: Nov 07, 2020| 11:45 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।