काठमाडौं- इटालीका प्रशिक्षक रोबर्टो मान्सिनीलाई कोरोना पोजेटिभ देखिएको छ।
इटलीयन फुटबल फेडेरेसन (एफआईजीसी)ले प्राविधिक टोलीसँगै प्रशिक्षकको पनि परीक्षण गर्दा मान्सिनीलाई पोजेटिभ देखिएको हो।
मान्सिनीको प्रशिक्षणमा रहेको इटालीको राष्ट्रिय फुटबल टिमले आगामी दुई हप्तामा तीन खेल खेल्नुपर्ने छ। उसले इस्टोनियासँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ भने बाँकी दुई खेल नेसन्स लिगका समूह चरणका खेल खेल्नेछ।
नेसन्स लिगमा इटालीले पोल्यान्ड र बोसनियासँग खेल्नेछ।
५५ वर्षीय मान्सिनी २००९ देखि २०१३ सम्म प्रिमियर क्लब म्यान्चेस्टरका मुख्य प्रशिक्षक थिए भने इटालियन टिम लाजियो र इन्टर मिलनमा पनि प्रशिक्षण गरिसकेका छन्।
उनले म्यानचेस्टर सिटीमा प्रशिक्षण गर्नुपूर्व इटलीयन क्लब इन्टर मिलानलाई तीन पटक लिग बिजेता बनाएका थिए। त्यसपछि सिटीबाट पनि उनले २०११ र २०१२ मा प्रिमियर लिग जिते।
पछिल्लो समय इटलीयन टिम फिफा विश्वकप २०१८ मा छनोट हुन नसकेपछि उनी इटालीको प्रशिक्षकमा नियुक्त भएका थिए। त्यसछि उनले युरो कपको छनोट खेलमा १० खेलमा सतप्रतिशत जित निकालेका छन्।