शनिबार, कात्तिक २९, २०८२

‘मन पराउँछु माया गर्छु’ भन्दै आइन सरिता 

गायिका सरिता राईको आवाजमा ‘मन पराउँछु माया गर्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। 
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं- गायिका सरिता राईको आवाजमा ‘मन पराउँछु माया गर्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। 

National life

कोरोना महामारीका बीच पनि धरानमा औपचारिक कार्यक्रम गरेर शुक्रबार म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन रहेको गीतको एरेन्ज कुन्दन राईले गरेका हुन्।

गीतमा प्रेम र पीडालाई कलात्मक रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। आफूले मन पराएको मायालुलाई अंगालोमा बाँध्न नपाउँदाको बिरह  गीतमा समेटिएको छ।  

गीतको भिडियो ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाले निर्माण गरेका हुन्। नव प्रतिभालाई उत्प्रेरणाका लागि भिडियो निर्माणमा आफूले  ४५ हजार सहयोग गरेको सुब्बाले बताए।  

Laxmi sunrise bank
kumari

शिरकुमार साङपाङले छायांकन गरेको भिडियो बसन्त उम्बुले राईले सम्पादन तथा निर्देशन गरेका हुन्। 

भिडियोमा गायिका सरिता, कृष्णकुमार राई र सविना लिम्बूको अभिनय गरेका छन्।  

कलाकार प्रेम सुब्बाको प्रमुख आतिथ्यतामा मिना श्रेष्ठ, गायक गंगा बरदानलगायतको उपस्थितिमा भिडियो सार्वजनिक गरिएको हो।  

प्रकाशित: Nov 07, 2020| 04:03 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्