आइतबार, असार २८, २०८३

साउथह्याम्टन पहिलोपटक ईपीएलको शीर्षस्थानमा

काठमाडौं– न्युकासललाई २–० गोलले हराउँदै साउथह्याम्टन इतिहासमै पहिलो पटक इंग्लिस प्रिमियर लिग(ईपीएल)को शीर्षस्थानमा प्रवेश गरेको छ।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं– न्युकासललाई २–० गोलले हराउँदै साउथह्याम्टन इतिहासमै पहिलो पटक इंग्लिस प्रिमियर लिग(ईपीएल)को शीर्षस्थानमा प्रवेश गरेको छ।

शीर्षस्थानमा प्रवेश गरेसँगै साउथह्याम्टनका प्रशिक्षक राफेल हासेन्हुटलले फुटबलमा जे कुरा पनि सम्भव हुने बताएका छन्।

साउथह्याम्टनले पछिल्लो सिजनमा मात्र लेस्टर सिटीसँग ९–० गोलको हार बेहोरेको थियो। उक्त ऐतिहासिक हारले प्रशिक्षक हासेन्हुटल बर्खास्त हुने सम्भावना बढेको थियो। तर सो हारको एक वर्षमै उनले क्लबलाई ईपीएलको शीर्षस्थानमा पुर्याएका हुन्।

‘अब हाम्रा समर्थकले यसलाई मन पराउने छन्। र अंकतालिकामा हाम्रो स्थानबारे चासो राख्नेछन्,’ उनले खेलपछि भने।

उनले थपे, ‘यो हाम्रो राम्रो सफलता हो तर यसले हामीलाई अझै जित्ने हौषला मारेको छैन। हामी फुटबलमा धेरै कुरा सम्भव हुन्छ भनेर लागिरहेका छौं।’

प्रशिक्षक हासेन्हुटलले साउथह्याम्टन धेरै रकम लगानी गरेको टिम नभएर धेरु लगन इन्भेस्ट गरेको टिम रहेको बताए। उनले शुक्रबारको जितबाट सन्तुष्ट रहेको बताएका छन्।

साउथह्याम्टनको जितका लागि चे एडम्स र स्टुअर्ट आर्मस्ट्रङले समान १–१ गोल गरे। एडम्सले सातौं मिनेटमै गोल गरेका थिए भने आर्मस्ट्रङले ८२ औं मिनेटमा दोस्रो गोल थपे।

यससँगै साउथह्याम्टनले ८ खेलबाट १६ अंक जोडेको छ। इता ७ खेलबाट समान १६ अंक जोडेको साविक विजेता लिभरपुल अंकतालिकाको दोस्रो स्थानमा छ।
पराजित न्युकासल भने ११ अंकका साथ ११ औं स्थानमा छ।

त्यस्तै शुक्रबार राति सम्पन्न खेलमा ब्राइटोन र बर्नलीलले गोलरहित बराबरी खेलेका छन्।
 

प्रकाशित: Nov 07, 2020| 02:57 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।