मंगलबार, चैत ३, २०८२

हैदराबादले दोस्रो क्वालिफायरमा दिल्लीसँग खेल्ने

खराब सुरुवात गरेको बैंगलोरका कप्तान विराट कोहली ६ रनमा आउट भए भने देवदत्त पडिक्कलले एक रन बनाए।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) प्लेअफ अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा सनराइजर्स हैदाराबादले संघर्षपूर्ण जित निकालेको छ।
रोयल च्यालेन्जर्स बैंगलोरललाई ६ विकेटले हराउँदै हैदराबाद दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।

National life

अबुधाबी रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा १३१ रन बनायो। १३२ रनको लक्ष्य पछ्याएको हैदराबादले २ बल बाँकी रहँदा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

खराब सुरुवात गरेको बैंगलोरका कप्तान विराट कोहली ६ रनमा आउट भए भने देवदत्त पडिक्कलले एक रन बनाए।

मोइन अलि, शिवम् दुवे र वाशिंटन सुन्दरले पनि खराब प्रदर्शन कायम राखे। न्वदिप शैनी र मोहम्मद शिरज क्रमशः ९ र १० रनमा अविजित रहे।

तेस्रो नम्बरमा मैदान छिरेका आरोन फिन्चले ३२ रन बनाउँदै बैंगलोरलाई गति दिए। बैंगलोरका भरपर्दा ब्याट्स्मेन एबी डिबिलियर्सले ४३ बलमा ५६ रन बनाउँदै बैंगलोरलाई लज्जास्पद अवस्थाबाट बचाए। उनले ५ चौकासमेत प्रहार गरे।

Laxmi sunrise bank
kumari

यता हैदराबादका जेसन होल्डरले तीन विकेट लिए भने टी नटराजनले एक विकेट लिए। त्यस्तै, शहबाज नदिमले एक एक विकेट लिए।

जवाफी ब्याटिङमा आएको हैदराबादका कप्तान डेबिड वार्नर १७ रन बनाउँदै आउट भए भने मनिष पाण्डेले २४ रन बनाए।

त्यस्तै केन विलियम्सनले ५० रन बनाउँदा जेसन होल्डले २४ रनको योगदान दिए।

बैंगलोरका लागि मोहम्मद शिरजले दुई विकेट लिए भने एडम जम्पा र युजवेन्द्र चहलले समान १–१ विकेट लिए।

इलिमिनेरट राउन्डमा जित निकाल्दै हैदराबाद दोस्रो क्वालिफायरमा पुगेको छ भने बैंगलोरले इलिमिनेटर राउन्डबाट आईपीएल यात्रा अन्त्य गरेको छ।

अब हैदराबादले क्वालिफायरमा नोभेम्बर ८ मा दिल्ली क्यापिटलको सामना गर्नेछ। दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित भएको थियो।
 

प्रकाशित: Nov 06, 2020| 17:47 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।