मंगलबार, चैत ३, २०८२

भर्चुअल तेक्वान्दोको तयारी पूरा, विदेशी निर्णायक रहने

यही शनिबार र आइतबार हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप'को तयारी पूरा भएको छ।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– यही शनिबार र आइतबार हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप'को तयारी पूरा भएको छ।

National life

च्याम्पियनसिपमा नेपालबाहेक तीन राष्ट्रका निर्णायकले खेलाडीको मूल्यांकन गर्ने भएका छन्।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा अस्ट्रेलिया, म्यानमार, भारत र नेपालका निर्णायक रहने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए।

च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्रीहरु अस्ट्रेलियाका र्‍यान राजेन्द्र, म्यानमारका अनुक न्यान र भारतका अतुल पानगोत्रा र नेपालका रवीन्द्र मल्लले निर्णायकको भूमिका निर्वाह गर्ने छन्। टेक्निकल टिमको नेतृत्व भने कविराज खड्गीले गर्ने छन्।

टेक्निकल टिमलाई राष्ट्रिय रेफ्रीहरु बब्लु सिवाकोटी, अर्जुनभक्त राई, राजकुमार लामा, टिकादत्त दाहाल र गोपाल भण्डारीले सहयोग गर्ने छन्।

Laxmi sunrise bank
kumari

च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। जसमा नेपालका एक सय ९० खेलाडी सहभागी छन्।

त्यस्तै हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका छन्।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना हुन लागेको हो।

यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा हुँदा महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको छ। हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको छ।

प्राप्त भिडियोहरु युट्युवमा अपलोड गरिने र सबैभन्दा बढी भ्यु प्राप्त भिडियोले मस्ट लाइक भिडियोका रुपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ। यसैगरी उत्कृष्ट महिला तथा पुरुष खेलाडीले एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन्।

प्रकाशित: Nov 06, 2020| 10:00 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।