मंगलबार, चैत ३, २०८२

आईपीएलमा हैदराबाद र बैंगलोरबीच नकआउट प्रतिस्पर्धा

इन्डियन प्रिमियर लिग(आईपीएल) प्लेअफ अन्तर्गत आज साँझ पौने ८ बजे सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) प्लेअफ अन्तर्गत आज साँझ पौने ८ बजे सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ।

National life

इलिमिनेटर राउन्डमा हुने यी दुई टिमको प्रतिस्पर्धाले विजेतालाई क्वालिफायरमा पुर्याउने छ भने पराजित टिम आईपीएलबाट बाहिरिनेछ।

क्वालिफायरमा पुग्ने टिमले नोभेम्बर ८ मा दिल्ली क्यापिटलको सामना गर्नेछ। यसकारण शेख जायद रंगशालामा हुने आजको खेल दुवै टिमलाई गर वा मरको अवस्थामा रहनेछ।

आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरको यात्रा पछिल्लो समय खस्किएको छ। उसले पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन।

यता मुम्बईलाई पछिल्लो खेलमा १० विकेटले हराएर उच्च मनोबलका साथ प्लेअफमा पुगेको हैदराबाद सोही मनोबलका साथ मैदान प्रवेश गर्नेछ।

Laxmi sunrise bank
kumari

हैदराबादका ओपनर एवम् कप्तान डेबिड वार्नर र ऋद्धिमान साहको साझेदारी सम्झनलायक बन्दै गएको छ। उनीहरुले मुम्बईविरुद्ध १५१ रनको साझोदारी गरे। त्यस्तै दिल्ली क्यापिटल विरुद्धको खेलमा पनि १०७ रनको साझेदारी गरे।

वार्नरले जारी सिजनमै ५२९ रन बनाएका छन्। जसमा उनले चार अर्धशतक प्रहार गरिसके। उनीबाहेक मनिष पाण्डे, जोनी बेयरस्टो पनि फर्ममा छन्। यसकारण हैदराबाद पछिल्लो खेलमा बलियो बन्दै गएको छ।

यता बैंगलोर लगातार चार खेल हारेर पनि मुस्किलले प्लेअफमा पुगेको हो। हैदराबाद र बैंगलोरले समान १४ अंक बनाए पनि नेट रन रेटका हिसाबका विराट कोहलीको टिम धेरै पछि थियो।

तर, बिस्फोटक ब्याट्सम्यान कोहली आजको खेलबाट जितको लयमा फर्कने गरी मैदान आउने योजनामा रहनेछन्। उसका टिममेट देवदत्त पडिक्कल र एबी डिबिलियर्स पनि खेलको केन्द्रमा रहने खेलाडी हुनेछन्।

आईपीएलमा यी दुई टिमबीच १७ खेल भएका छन्। जसमा बैंगलोरले ७ र हैदराबादले ९ जित निकालेको छ। एक खेल नतिजाविहिन बनेको थियो।

प्लेअफमा भने हैदराबादले सात खेलमा सहभागिता जनाएको छ। जसमा तीन जित र चार हार बेहोरेको छ। त्यस्तै बैंगलोरले पाँच प्लेअफमा तीन जित र दुई हार बेहोरेको छ।

यी दुई टिमबीच जारी सिजनमा भएको दुई खेलमा हैदराबादले एक जित निकालेको छ भने अर्को जित बैंगलोरको खातामा छ। दुबईमा बैंगलोरले हैदराबादलाई १० रनले हराएको थियो भने शारजहाको खेलमा बैंगलोरले पाँच विकेटको जित निकालेको थियो।

हैदराबाद दुई पटकको आईपीएल विजेता हो। यता बैंगलोर तीन पटक फाइनल पुगेर पराजित भएको टिम हो। फाइनलमा दुईपटक त हैदराबादले नै हराएको थियो। यसकारण आज बैंगलोरलाई हैदराबादसँग बदला लिने अवसरको रुपमा पनि छ।

सम्भावित प्लेइङ सेटः

बैंगलोरः विराट कोहली (कप्तान), एबी डिबिलियर्स, देवतत्त पडिक्कल, जोश फिलिप, शिवम् दुबे, क्रिस मोरिसन, वाशिंटन सुन्दर, इसुरु उडाना, मोहम्मद सिराज, युजवेन्द्र चहल, नवदिप सैनी

हैदराबादः डेबिड वार्नर (कप्तान), ऋद्धिमान साह, मनिष पाण्डे, केन विलियम्सन, प्रियम गर्ग, अभिषेक शर्मा, राशिद खान, जेसन होल्डर, सन्दीप शर्मा, टी नटराजन, शाहबाज नदिम

प्रकाशित: Nov 06, 2020| 09:26 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।