आइतबार, असार २८, २०८३

सानदार जितसँगै मुम्बई आईपीएल फाइनलमा

दिल्ली क्यापिटललाई हराउँदै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा प्रवेश गरेको छ।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– दिल्ली क्यापिटललाई हराउँदै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा प्रवेश गरेको छ।

दुबई अन्तराष्ट्रिय रंगशालामा बिहीबार राति सम्पन्न पहिलो क्वालिफायरको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले दिल्लीलाई ५७ रनले हराउँदै फाइनल पुगेको हो।

पहिले ब्याटिङ गर्दै मुम्बईले पूरा ओभर खेलेर ५ विकेटको क्षतिमा २०० रन बनाएयो। २०१ रनको लक्ष्य पछ्याएको दिल्ली लज्जास्पद सुरुवात गर्दै पूरा ओभर खेलेर ८ विकेटको क्षतिमा १४३ रनमा समेटियो।

कसिलो बलिङ गरेका रविचन्द्र अश्विनले रोहित शर्मा र किरोन पोलार्डलाई पहिलो बलमै पेवेलियन फर्काए। तर दिल्लीको सोही बलिङ लय कायम रहन सकेन।

जसकारण मुम्बईका ईशान किसन र हार्दिक पाण्ड्याले विस्फोटक ब्याटिङ गरे। सातौं नम्बरमा मैदान प्रवेश गरेका हार्दिकले १४ बलमा पाँच छक्का सहित ३७ रन बनाए। 

त्यस्तै किसन सर्वाधिक ५५ रनको अर्धसतकिय पारी खेल्दै नट आउट रहे। सूर्यकुमार यादवले ५१ रन बनाउँदा क्विन्टन डिककले ४० रन बनाए भने क्रुनल पाण्ड्या १३ रनमा आउट भए।

दिल्लीका अश्विनले तीन विकेट लिए भने एनरिच नोर्तजे र मार्कस स्टोइनिसले १÷१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको दल्लीका पृथ्वी श, शिखर धवन र अजिंक्य रहाणे रनविहिन हुँदै बाहिरिए। तीन विकेट गुमाउँदा सम्म दिल्लीले रन जोड्न सकेन। पाँचौ नम्बरमा मैदान पसेका मार्कस स्टोइनिसले दिल्लीको खाता खोले।

स्टोइनिसले सर्वाधिक ६५ रन बनाए भने कप्तान श्रेयस अयरले १२ रन बनाए। त्यस्तै अक्षर पटेलले ं४२ रन र कागिसो रबाडाले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

मुम्बईका लागि जस्प्रित बुमराहले चार विकेट लिए भने ट्रेन्ट बोल्टले दुई विकेट लिए। दुवै खेलाडीले एकएक मेडन राखे। क्रुनल पाण्ड्या र किरोन पोलार्डले एक विकेट लिए।

आजको खेलमा पराजित भएसँगै फाइनल पुग्नका लागि दिल्लीले अब दोस्रो क्वालिफायरमा अनिवार्य जित निकाल्नु पर्नेछ।

अब दिल्लील दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादको विजेतासँग खेल्नेछ।

लिग चरणमा यि दुई टिमबीच भएका दुई खेलमा पनि मुम्बईले दिल्लीलाई हराएको थियो।

अबुधाबीमा पाँच विकेटले हारेको दिल्लीमाथी मुम्बईले दुबईमा सम्पन्न दोस्रो खेलमा ९ विकेटको जित निकालेको थियो।
 

प्रकाशित: Nov 06, 2020| 00:19 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।