आइतबार, असार २८, २०८३

दिल्लीले टस जितेर ब्याटिङमा, यस्तो छ प्लेइङ इलेवन

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज (बिहीबार) भइरहेको पहिलो क्वालिफायरको खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ भने मुम्बईले ब्याटिङको निम्तो पाएको छ।
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज (बिहीबार) भइरहेको पहिलो क्वालिफायरको खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ भने मुम्बईले ब्याटिङको निम्तो पाएको छ।

प्लेअफ अन्तर्गत आज ७ः४५ बजे सुरु भएको पहिलो क्वालिफायरको खेलमा मुम्बईले दिल्लीसँग दुबई अन्तर्राष्ट्रिय रंगशालामा खेल्दै छ।

आईपीएल सुरु भएदेखि यी दुई टिमले उपाधिको बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन्। दुवैको प्लेइङ सेट उत्कृष्ट छ भने बेञ्च खेलाडी पनि उत्तिकै राम्रा छन्। 

आज पराजित भएको टिमले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायरमा अनिवार्य जीत निकाल्नुपर्ने हुन्छ। यो फइनल पुग्ने लामो बाटो भएकोले दुवै टिम लामो यात्रा चाहदैनन्। 

लिग चरणमा यी दुई टिमबीच भएका दुई खेलमा मुम्बईले दिल्लीलाई हराएको थियो।

अबुधाबीमा पाँच विकेटले हारेको दिल्लीमाथि मुम्बईले दुबईमा सम्पन्न दोस्रो खेलमा ९ विकेटको जित निकालेको थियो।

यस्तो छ प्लेइङ सेट :

मुम्बई : रोहित शर्मा, क्विन्टन डिकक, ईशान किसन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या,  क्रुणल पाण्ड्या, किरोन पोलार्ड, जसप्रित बुमराह, राहुल चहर, काउल्टन नाइल, ट्रेन्ट बोल्ट

दिल्ली : श्रेयस अयर, ऋषभ पन्त, पृथ्वी श, शिखर धवन, अजिंक्य रहाणे, मार्कस स्टोइनिस, अक्षर पटेल, कागिसो रबाडा, एनरित नोर्तजे, रविचन्द्र अश्विन, डेनियल सम्स

यस्तो छ आईपीएल प्लेअफ फर्म्याट
 

प्रकाशित: Nov 05, 2020| 14:14 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।