मंगलबार, चैत ३, २०८२

दिल्ली भर्सेस मुम्बई : एक खुड्किलो पार गरे फाइनलमा

प्लेअफ अन्तर्गत आज साँझ ७ः४५ बजे सुरु हुने पहिलो क्वालिफायरको खेलमा मुम्बईले दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ।
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– अंकतालिकामा पुछारका तीन टिम बाहिरिसकेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)मा आजबाट शीर्ष चार टिमबीच प्रतिस्पर्धा हुँदैछ।

National life

आईपीएलको उपाधिका लागि अहिले मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिडन्तमा छन्। अबको विजेता उनीहरुमध्ये एक टिम हुन्।

प्लेअफ अन्तर्गत आज साँझ ७ः४५ बजे सुरु हुने पहिलो क्वालिफायरको खेलमा मुम्बईले दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ दुबई अन्तराष्ट्रिय रंगशालामा।

आईपीएल सुरु भएदेखि नै यी दुई टिमले उपाधिको बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन्। दुवैको प्लेइङ सेट उत्कृष्ट छ भने बेञ्चका खेलाडी पनि उत्तिकै राम्रा छन्। सम्भावना भएका खेलाडी राम्रो फर्ममा छन्।

आजको खेलमा दुवै टिम जित निकाल्दै फाइलनमा स्थान बनाउन चाहन्छन्। पराजित भएमा फाइनल पुग्ने बाटो लामो हुन्छ। त्यसैले कुनै टिमले पनि लामो यात्रा चाहँदैन। 

Laxmi sunrise bank
kumari

इतिहास हेर्ने हो भने प्लेअफमा मुम्बईको प्रदर्शन सानदार हुने गरेको छ। चार पटकको विजेता मुम्बईले अन्तिम पाँच प्लेअफका खेलमा चार खेल जितेको छ।

तर मुम्बईले ६ पटक प्लेअफ अर्थात् सेमीफाइनल खेलेकोमा जम्मा एक जितमात्र निकालेको छ। ऊ अहिलेसम्म फाइन पनि पुग्न असफल छ।

विगत वर्तमानलाई नियाल्दा मुम्बई इन्डियन्सको जित निकाल्ने सम्भावना दिल्लीको भन्दा धेरै देखिन्छ। जारी सिजनका दुई खेलमा पनि मुम्बईले दिल्लीलाई हराएको छ।

अबुधाबीमा पाँच विकेटले हारेको दिल्लीमाथि मुम्बईले दुबईमा सम्पन्न दोस्रो खेलमा ९ विकेटको जित निकालेको थियो।

त्यसैले आजको खेलमा दिल्लीको बलिङ बलियो कि मुम्बईको ब्याटिङ बलियो त्यसको छिनोफानो हुनेछ। यदि आजको खेलमा पराजित टिमले दोस्रो क्वालिफायरमा जित निकाले फाइनलमा यिनै दुई टिमको भेट हुनेछ। त्यसो नभएमा आजको विजेताले हैदराबाद र बैंगलोरमध्ये एक टिसँग फाइनल खेल्नेछ।

यस्तो छ आईपीएल प्लेअफ फर्म्याट

आईपीएलमा प्लेअफको फर्म्याट विशेष किसिमको छ। जहाँ लिग चरणमा शीर्षस्थानका दुई टिमले आपसमा प्रतिस्पर्धा गर्नेछन्। यसलाई पहिलो क्वालिफायर भनिन्छ।

जारी सिजनमा मुम्बई र दिल्लीले पहिलो क्वालिफायर खेल्नेछन्। विजेताले सिधै फाइनल खेल्न पाउनेछ भने पराजित टिमलाई पनि फाइनलमा जानका लागि अर्को अवसर हुनेछ। त्यसलाई दोस्रो क्वालिफायर भनिन्छ।

त्यस्तै, लिग चरणमा तेस्रो र चौथो स्थानमा चित्त बुझाएका टिमले पनि एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। यसलाई इलिमिनेटर राउन्ड भनिन्छ।

यो सिजनमा बैंगलोर र हैदराबादले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्। उनीहरुको खेल भने भोलि राति हुनेछ।

आईपीएलमा इलिमिनेटर भन्दा पहिलो क्वालिफायरको मान्यता धेरै हुन्छ। यसकारण इलिमिनेटरमा विजेता भएको टिमले पहिलो क्वालिफायरमा पराजित टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। यसलाई दोस्रो क्वालिफायर भनिन्छ।

उदाहरणको लागि, आजको खेलमा दिल्ली पराजित भएमा र भोलि बैंगलोर विजयी भएमा दोस्रो क्वालिफायरको खेलमा यी दुई टिमले खेल्नेछन्।

दोस्रो क्वालिफायरमा जित निकाल्ने टिम भने फाइनलमा पुग्छ र पहिलो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यता, इलिमिनेटर र दोस्रो क्वालिफायरमा परातिज टिम भने आईपीएलबाट बाहिरिने छन्।

पहिलो क्वालिफायरका टिमलाई फाइनल खेल्न दुईमध्ये एक खेल जिते पर्याप्त हुन्छ भने इलिमिनेटरका टिमले फाइनल खेल्न बाँकी दुवै खेल जित्नुपर्ने छ।

प्रकाशित: Nov 05, 2020| 11:00 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।