सोमबार, भदौ १५, २०८३

युभेन्टसको सानदार जित

 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– इटालियन क्लब युभेन्टसले बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा फराकिलो जित निकालेको छ। 

फेरेन्कावारोसको मैदानमा सम्पन्न खेलमा युभेन्टसले सानदार ४–१ गोलको फराकिलो जित निकालेको हो।

जितका लागि अल्वारो मोरोटाले दुई गोल गरे भने पावलो डिबलाले एक गोल गरे। त्यस्तै फेरेन्कवारोसका लाह्सा डिविलीले आत्मघाती गोल गरे।

मोराटाले खेलको सातौं मिनेटमै अग्रता बनाए पनि युभेन्टसले अग्रतालाई दोब्बर गर्न लामो समय पर्खनु पर्यो। 

६० औं मिनेटमा रानाल्डोले दिएको पासबाट मोराटाले नै व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई दुई गोलको अग्रता दिलाए।

त्यस्तै ७२ औं मिनेटमा डिबलाको गोलबाट सहज अवस्थामा पुगेको युभेन्टसले ८१ औं मिनेटमा एक गोल कोसेली पाएका थियो।

यता फेरेन्कवारोसका फ्रांक बोलीले अन्तिम मिनेटमा सान्त्वना गोल गरे।

लिगका दोस्रो जितसहित समूह जीमा रहेको युभेन्टसले ६ अंक बनाएको छ। उसले पछिल्लो खेलमा बर्सिलोनासँग हार बेहोरेको थियो। बार्सिलोना ९ अंकका साथ शीर्षस्थानमा छ।
अब एक खेल जिते ऊ नकआउट चरणमा प्रवेश गर्नेछ भने युभेन्टसलाई नकआउट पुग्न दुई जित आवश्यक छ।
यता पराजित फरान्कवारोस एक अंकका साथ पुछारमा छ।
 

प्रकाशित: Nov 05, 2020| 01:26 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।