आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिग : एकै समूहका म्यानचेस्टर युनाइटेड र पीएसजी पराजित

च्याम्पियन्स लिग : एकै समूहका म्यानचेस्टर युनाइटेड र पीएसजी पराजित

लिगमा पहिलो जितसहित बसाक्सेरले तीन अंक जोडेको छ भने पराजित युनाइटेड ६ अंकका साथ समूह एचको शीर्षस्थानमा छ।
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ। 

इस्तानबुल बसाक्सेरको मैदानमा सम्पन्न खेलमा युनाइटेडले घरेलु टिमसँग २–१ गोलको पराजय भोगेको हो।

यता बसाक्सेरको जितका लागि डेम्बा बा र इडिन विस्काले १–१ गोल गरे। २ गोलले पछि परेको अवस्थामा युनाइटेडका एन्थोनी मार्सलले गोल गरे पनि खेलमा फर्कन सकेन।

पहिलो हाफमै एक गोलले पछि परेको युनाइटेडले खेल सकिँदा पनि सही नतिजाका साथ हार बेहोर्यो।

लिगमा पहिलो जितसहित बसाक्सेरले तीन अंक जोडेको छ भने पराजित युनाईटेड ६ अंकका साथ समूह एचको शीर्षस्थानमा छ।

सोही समूह अन्तर्गत सम्पन्न अर्को खेलमा साविक उपविजेता पीएसजी जर्मन क्लब आरबी लाइप्जिकसँग २–१ गोलअन्तरले पराजित भएको छ।

डि मारियाले छैटौं मिनेटमा बनाएको अग्रता जोगाउन नसक्दा ऊ पराजित भएको हो। च्याम्पिन्स लिगमा दोस्रोपटक पराजय भोगेको पीएसजी ३ अंकका साथ समूहको तेस्रो स्थानमा छ।

विजयी लाइप्जिकले भने जितसहित ६ अंक बनाएर दोस्रो स्थानमा पकड जमाएको छ। पीएसजी तेस्रो स्थानमा छ भने बसक्सेर पुछारमा छ।

त्यस्तै बुधबार रातिको खेलमा पीएसजीका दुई खेलाडी इड्रिसा गुए र प्रिस्नल किम्बाप्पे रातो कार्ड खाँदै बाहिरिएपछि पाहुना टिम ९ खेलाडीमा सिमित बनेको थियो।

गुइ ६९ औं मिनेटमा बाहिरिएका थिए भने किम्बाप्पले इन्ज्युरी समयमा रातो कार्ड पाएका थिए।
 

प्रकाशित: Nov 05, 2020| 01:02 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।