सोमबार, असार २९, २०८३

बंगलादेश जाने राष्ट्रिय फुटबल टिमको बिदाइ

एक साताको अभ्यासपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा मैत्रीपूर्ण फुटबल खेल्न जाने टोलीको बिदाइ गरेको छ। 
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं- एक साताको अभ्यासपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा मैत्रीपूर्ण फुटबल खेल्न जाने टोलीको बिदाइ गरेको छ। 

एन्फाले आज (बुधबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २५ खेलाडी र सात अफिसियलको बिदाइ गरेको हो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार शिलवाल र एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्बाङले खेलाडीहरुको बिदाइ गरे।

अब नेपालले नोभेम्बर १३ र १७ (कार्तिक २८ र मंसिर २ गते) मा बंगलादशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

एन्फाले बोलाएका खेलाडीमध्ये ७ जनाका कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु बंगलादेश जाने टोलीमा समावेश छैनन्।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा पनि कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेकाले उनले पत्रमार्फत् खेलाडीलाई शुभकामना दिए।

राष्ट्रिय टोलीका फरवार्ड भरत खवासले धेरै समयपछि मैदान फर्किएका कारण फिटनेसमा समस्या देखिएको बताएका छन्। लामो समयसम्म घरमै कसरत गरेकाले अभ्यासमा ठूलो समस्या नभए पनि फिटनेसमा कमजोर भएको अनुभव गरेको बताए।

फुटबल फर्काउन प्रयत्न गरेकोमा उनले एन्फा र राष्ट्यिर खेलकुद परिषद्लाई धन्यवाद दिए।

‘फुटबल क्रिकेट जे भए पनि नेपालमा खेल सुरु हुनुपर्ने थियो। कोरोनापछि नेपालमा फुटबलबाट खेल सुरु भएको छ। सुरु हुनु धेरै राम्रो कुरा हो अब अन्य खेल पनि चाँडै सुरु होलान्,’ खवासले भने, ‘अहिले हाम्रो मनोबल उच्च छ।’

फरवार्ड खवासले बंगलादेशविरुद्धको खेलमा ‘पोटेन्सियल’ भएका नयाँ खेलाडीले पनि चान्स पाएका कारण यो खेल महत्वपूर्ण रहेको बताए।

खेलाडीसँगै प्रशिक्षक बालगोपाल महर्जन, सहायक कोच किरण श्रेष्ठ र गोलकिपर कोच विकास मल्लका साथै मेडिकल टिम बंगलादेश जाँदैछ।

बंगलादेश भ्रमणमा सहाभागी खेलाडी

अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, भरत खवास, एरिक विष्ट, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरन चेमजोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दहाल, शेसेहाङ आङ्दम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ
 

प्रकाशित: Nov 04, 2020| 15:07 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।