काठमाडौं– यूईएफए च्याम्पियन्स लिग युरोपको शीर्ष फुटबल प्रतियोगिता हो। युरोपको घरेलु छनोट र क्वालिफायरबाट लिगमा पुग्न जति कठिन छ, च्याम्पियन्स लिगमा गोल गर्न पनि त्यतिकै चुनौती छ।
तर केही खेलाडी यस्ता हुन्छन्, जो यस्तो चुनौतीलाई बारम्बार पूरा गरिरहन्छन्। विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो त्यसैमध्येको एक नाम हो। उनी च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन्।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिगमा डेब्यू गरेका उनले रियल मड्रिड हुँदै अहिले युभेन्टसबाट च्याम्पियन्स लिग खेलिरहेका छन्।
उनले फुटबल करिअरमा १३० च्याम्पियन्स लिग गोल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अर्जेन्टिनी फरवार्ड मेस्सीले बार्सिलोनाबाट ११७ च्याम्पियन्स लिग गोल गरेका छन्।
त्यस्तै, मंगलबार राति सम्पन्न खेलमा दुई गोल गरेका रोवर्ट लेवान्डोस्की र रियलका फरवार्ड करिम बेञ्जेमाबीच गोल गर्ने प्रतिस्पर्धा छ। लेवान्डस्कीले ७० गोल गरेका छन् भने बेञ्जेमा लेवान्डोस्कीभन्दा तीन गोल पछि छन्।
यी हुन् च्याम्पियन्स लिगका शीर्ष १० गोलकर्ता
क्रिस्टियानो रोनाल्डो– (म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस) १३० गोल
लियोनेल मेस्सी– (बार्सिलोना) ११७ गोल
राउल– (रियल मड्रिड, साल्के) ७१ गोल
रोबर्ट लेवान्डोस्की– (बोरुसिया डर्टमुन्ड र बायर्न) ७० गोल
करिम बेञ्जेमा– (लियोन र रियल मड्रिड) ६७ गोल
रुड भान निस्टेल्रोय– (इन्डिोविन, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड) ५६ गोल
थेरी हेनरी– (मोनाको, आर्सनल र बार्सिलोना) ५०
जलाटन इब्राहिमोविच– आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी, म्यानचेस्टर युनाइटेड) ४८
एन्ड्रिय शेभ्चेन्को– (डायनामो किव, एसी मिलना, चेल्सी) ४८ गोल
फिलिप इन्जाघी– (युभेन्टस, एसी मिलान) र थोमस मुलर(बायर्न म्यानिक) ४६ गोल
जारी सिजनमा लेवान्डोस्कीले थप गोल गन सकेमा उनी तेस्रो स्थानमा उक्लने छन्। त्यस्तै बेञ्जेमा पनि रियलकै पूर्व खेलाडी एवम् युवा खेलाडीका कोच राउललाई पछि पार्ने दाउमा छन्।
च्याम्पियन्स लिगमा आजका खेल
इस्तानबुल बासक्सेहिर र म्यानचेस्टर, राति ११ः४० बजे
जेन्ट र लाजियो, राति ११ः४० बजे
बार्सिलोना र डायनामो किव, राति पौने २ बजे
फेरेन्वारोस र युभेन्टस, राति पौने २ बजे
क्लब ब्रुग र डर्टमुन्ड, राति पौने २ बजे
सेभिया र क्रस्नोदर, राति पौने २ बजे
चेल्सी र रेन्निस, राति पौने २ बजे
लाइप्जिक र पीएसजी, राति पौने २ बजे