आइतबार, असार २८, २०८३

म्यानचेस्टर सिटीको सहज जित

 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं– प्रिमियर क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा सहज जित निकालेको छ। 

सिटीको इतिहाद रंगशालामा सम्पन्न खेलमा उसले ओलिम्पकोसमाथि ३–० गोल अन्तरको सहज जित निकालेको हो।

सिटीको सहज जितका लागि फरान टोरेस, ग्याब्रियल जिसस र जोआ क्यानसेलोले समान १–१ गोल गरे।

केभिन डि ब्रुनले दिएको पासलाई उपयोग गर्दै टोरेसले खेलको १२ औं मिनेटमै गोलको खाता खोले। उनको गोलसँगै पहिलो हाफमा सिटी एक गोलले अघि रह्यो।

डि ब्रुनले नै दिएको पासलाई उपयोग गर्दै लामो समयको रेस्टपछि मैदान फर्किएका जिससले ८१ औं मिनेटमा गोल गरे। 

चोटग्रस्त भएर लामो समय मैदानबाहिर रहेका जिसस मंगलाबारको खेलबाट मैदान फर्किएका हुन्।

त्यस्तै, निर्धारित समयको अन्तिम मिनेटमा क्यान्सेलोले गोल गर्दै ३–० गोलको फराकिलो जित निकाल्न सफल भए।

जितसहित तीन खेलबाट नौ अंक बनाएको सिटी समूह सीको शीर्षस्थानमा छ। पराजित ओलम्पिकोस भने तीन अंकका साथ तेस्रो स्थानमा छ।

सोही समूह अन्तर्गत मंगलाबार राति सम्पन्न खेलमा पोर्टोले घरेलु मैदानमा मार्सेल्लीलाई ३–० गोलले हराएको छ।

पोर्टोले जितसहित समूहमा ६ अंकका साथ राम्रो पकड जमाउँदै दोस्रो स्थानमा छ। यता अंकविहीन पराजित मार्सेल्ली भने पुछारमा छ।
 

प्रकाशित: Nov 04, 2020| 01:59 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।