आइतबार, असार २८, २०८३

जोटाको ह्याट्रिकसँगै एटलान्टाको पोस्टमा लिभरपुलको ५ गोल

इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा इटालियन क्लब एटलान्टाविरुद्ध सानदार जित निकालेको छ। 
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं– इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा इटालियन क्लब एटलान्टाविरुद्ध सानदार जित निकालेको छ। 

एटलान्टाको घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले ५–० गोलको जित निकालेको हो।

लिभरपुलका लागि डियागो जोटाले ह्याट्रिक गरे। खेलको १६ औं मिनेटमा गोल गर्दै उनले लिभरपुललाई सुरुवाती अग्रता दिलाए।

पहिलो हाफको ३३ औं मिनेटमा अग्रता दोब्बर बनाएका उनले ५४ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे।

सानदार जितका लागि सलाह र मानेले १–१ गोलको योगदान गरे। दोस्रो हाफको ४७ औं मिनेटमा मोहम्मद सलाहरले गोल गरे भने ४९ औं मिनेटमा साडियो मानेले गोल गरे।

घरेलु टिमले भने लिभरपुलविरुद्ध सान्त्वना गोलसमेत गर्न सकेन। त्यसैले, लिभरपुलले च्याम्पियन्स लिगका सुरुवाती तीनै खेलमा क्लिन चिट राखेको छ।

सानदार जितका साथ ९ अंक बनाएको लिभरपुल समूह डी को शीर्षस्थानमा छ। त्यस्तै एटलान्टा भने तेस्रो स्थानमा छ।

समूह डि अन्तर्गत नै सम्पन्न अर्को खेलमा आयाक्सले मिजुल्यान्डलाई २–१ गोले हराएको छ। जितसहित आयाक्स दोस्रो स्थानमा छ भने मिजुल्यान्ड अंकविहीन रहँदै समूहको पुछारमा छ।
 

प्रकाशित: Nov 04, 2020| 01:18 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।