सोमबार, असार २९, २०८३

कोलकातालाई पछि पार्दै हैदराबाद आईपीएलको इलिमिनेटरमा

इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले हराउँदै सनराइजर्स हैदराबाद प्रतियोगिताको इलिमिनेटर राउन्डमा प्रवेश गरेको छ।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले हराउँदै सनराइजर्स हैदराबाद प्रतियोगिताको इलिमिनेटर राउन्डमा प्रवेश गरेको छ।

१४ मध्ये ७ खेल जितेर १४ अंक बनाएको हैदराबादले समान १४ अंक भएको कोलकाता नाइट राइडर्सलाई नेट रन रेटमा पछि पार्दै इलिमिनेटरमा प्रवेश पाएको हो।

शारजहा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो। १५० रनको लक्ष्य पछ्याएको हैदाराबादले १७.१ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्यो।

जितका लागि कप्तान डेबिड वार्नर र ऋद्धिमान सिंहले १५१ रनको उत्कृष्ट साझेदारी गरे। जसमा वार्नरले ८५ रन बनाए भने शाहले ५८ रन चट्काए। वार्नरले १० चौका र एक छक्काको मद्दतमा ८५ रन बनाएका थिए। मुम्बईका खेलाडी विकेटविहिन भए।

त्यसअघि ब्याटिङमा आएको मुम्बईका किरोन पोलार्डले ४१ रन बनाए। त्यस्तै सूर्यकुमार यादवले ३६ रन, ईशान किसले ३३ रन बनाए भने क्विन्टन डिककले २५ रन बनाए। कप्तान रोहित शर्मा चार रनमै आउट भएको खेलमा अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

हैदराबादका लागि सन्दीप शर्माले तीन विकेट लिए भने जेसन होल्डर र शहबाज नदिमले समान २–२ विकेट लिए। एक विकेट लिनेमा राशिद खान रहे।

६ नोभेम्बरमा हुने इलिमिनेटरमा जितसहित तेस्रो स्थानको हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्नेछ। बैंगलोर १४ अंकका साथ चौथो स्थानमा छ।

त्यसअघि नोभेम्बर छ मा दुबई रंगशालामा हुने पहिलो क्वालिफायर खेलमा आजको खेलमा पराजित मुम्बई इन्डियन्सले दिल्ली क्यापिटलसँग खेल्नेछ।े
 

प्रकाशित: Nov 04, 2020| 00:22 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।