आइतबार, असार २८, २०८३

ग्यारेथको निर्णायक गोलमा टोटनहमको जित

ग्यारेथ बेलको निर्णायक गोलमा टोटनहम विजयी भएको छ।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं- ग्यारेथ बेलको निर्णायक गोलमा टोटनहम विजयी भएको छ। इंग्लिस प्रिमियर लिगको आइतबार राति भएको खेलमा बेलले निर्णायक गोलले टोटनहम ब्राइटनमाथि २-१ गोलले विजयी भएको हो।

खेलको १३औं मिनेटमा ह्‌यारी केनले गोल गर्दै घरेलु टोली टोटनहमलाई अग्रता दिलाएका थिए। उनले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा टोटनहमलाई १-० को अग्रता दिलाएका हुन्।

दोस्रो हाफमा दुवै टोलीले एक-एक गोल गरेका थिए। खेलको ५६औं मिनेटमा टरिक्यु लाम्पटीले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। उनले ग्राबोको पासमा गोल गर्दै खेल ११ को बरारबीमा ल्याएका थिए। तर, दोस्रो हाफमा मैदान छिरेका बेलले निर्णायक गोल गरेका थिए।

स्पेनिस क्लब रियल मड्रिडबाट यसै सिजन बेल टोटनहम पुगेका हुन्। 

जितसँगै टोटनहम सात खेलबाट १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेल खेलेको ब्राइटन भने पाँच अंक जोड्दै १६औं स्थानमा छ।

प्रकाशित: Nov 02, 2020| 02:40 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।