आइतबार, असार २८, २०८३

पेनाल्टी गोलमा युनाइटेडविरुद्ध आर्सनलको जित

काठमाडौं– आर्सनलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। युनाइटेडको मैदानमा सम्पन्न खेलमा आर्सनलले १–० गोलको संघर्षपूर्ण जित निकालेको हो।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं– आर्सनलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। युनाइटेडको मैदानमा सम्पन्न खेलमा आर्सनलले १–० गोलको संघर्षपूर्ण जित निकालेको हो।

आर्सनलको जितका लागि पियरे इमिरेक अबुमयाङले निर्णायक गोल गरे। खेलको ६९ औं मिनेटमा पाउल पोग्वाले आर्सनलका विलियममाथि फाउल गरेपछि पाहुना टिमले पेनाल्टीको अवसर पाएको थियो। सो अवसरको सदुपयोग गर्दै कप्तान अबुमयाङ निर्णायक गोल गरे।

जितसँगै ७ खेलबाट १२ अंक बनाएको आर्सनल नवौं स्थानमा छ भने ६ खेलबाट ७ अंक बनाएको युनाइटेड अंकतालिकाको १५ औं स्थानमा छ।

त्यस्तै आइतबार राति नै सम्पन्न अर्को खेलमा टोटेनहमले ब्राइटोनलाई २–१ गोलले हराएको छ। टोटेनहमको जितका लागि ह्यारी केनले पेनाल्टीमा गोल गरे भने ग्यारेथ बेलले एक गोल गरे।

जितसँगै टोटेनहम दोस्रो स्थानमा छ भने पराजित ब्राइटोन १५ औं स्थानमा छ। टोटेनहमको १४ अंक छ।
 

प्रकाशित: Nov 02, 2020| 00:19 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।