आइतबार, असार २८, २०८३

रोनाल्डो मैदान फर्किएपछि युभेन्टसको सानदार जित

काठमाडौं– इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टसले सानदार जित निकालेको छ। स्पेजियाको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम युभेन्टसले ४–१ गोलको जित निकालेको हो।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं– इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टसले सानदार जित निकालेको छ। स्पेजियाको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम युभेन्टसले ४–१ गोलको जित निकालेको हो।

जितका लागि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने अल्वारो मोराटा र एड्रिन राबियोटले समान १–१ गोल गरे।

खेलको ५६ औं मिनेटमा पावलो डेबलाको ठाउँमा मैदान पसेका रोनाल्डोले तीन मिनेटमै मोराटाको पासमा गोल गरे। उनले बराबरीको अवस्थाबाट युभेन्टसलाई अग्रता दिलाएका थिए।

त्यस्तै उनले नै ७६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने राबियोटले ६७ औं मिनेटमा गोल गरे।

यता पहिलो हाफको १४ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए पनि स्पेजियाका टोम्मासो पोबेगाले ३२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

४–१ गोलको जितसहित युभेन्टसले सिरी ए मा १२ अंक बनाएको छ भने स्पेजियाको पाँच अंक छ।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोन संक्रमण पाइएपछि अक्टोबर ब्रेकपछिका युभेन्टसको खेलमा उनी मैदानमा थिएनन्। संक्रमणपछि उनी पहिलोपटक मैदानमा देखिएका हुन्।

त्यस्तै आइतबार राति नै सम्पन्न खेलमा लाजियोले टोरिनोलाई ४–३ गोलले हराएको छ भने नापोली आफ्नै मैदानमा ससौलोसँग २–० गोलले पराजित भएको छ।

रोमाले घरेलु मैदानमा २–० गोलको जित निकालेको छ।

यससँगै सिरी एको अंकतालिकाको शीर्षस्थानमा एसी मिलान छ भने दोस्रो स्थानमा ससौलो छ। उनीहरुको क्रमशः १६ र १४ अंक छ।

नापोली, इन्टर मिलान र रोमा समान ११–११ अंकका साथ क्रमशः पाँचौ, छैटौं र सातौं स्थानमा छन्। लाजियो १० अंकका साथ नवौं स्थानमा छ।
 

प्रकाशित: Nov 02, 2020| 00:02 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।