आइतबार, असार २८, २०८३

कोलकातासँग राजस्थान ६० रनले पराजित

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा कोलकाताले राजस्थानलाई ६० रनले हराएको हो।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– यूएईमा जारी आईपीएलको ५४ औं म्याचमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराएको छ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा कोलकाताले राजस्थानलाई ६० रनले हराएको हो।

कोलकाताले राजस्थानलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो।

आजको हारसँगै राजस्थान आईपीएलबाट बाहिरिएको छ।

जितसहित कोलकाता १४ अंक बनाएर चौथो स्थानमा छ। प्लेअफका लागि प्रतिस्पर्धामा रहेको कोलकातालाई नेट रन रेट बाधक बन्न सक्नेछ।

उसको रन रेट नकारात्मक ०.२१४ छ, जुन हैदराबादको भन्दा कम हो। अब कोलकाताको प्लेअफ यात्रा हैदराबादको जित वा हारमा निर्भर रहनेछ।

त्यस्तै दिल्ली र बैंगलोरको खेलको केही असर पनि कोलकातालाई पर्नेछ।
 

प्रकाशित: Nov 01, 2020| 17:53 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।