आइतबार, असार २८, २०८३

आईपीएलबाट बाहिरियो पञ्जाब

अन्तिम खेलसम्म प्लेअफको दाबेदार रहेको किंग्स इलाभेन पञ्जाब चेन्नई सुपर किंग्ससँग हार बेहोर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएको छ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं- अन्तिम खेलसम्म प्लेअफको दाबेदार रहेको किंग्स इलाभेन पञ्जाब चेन्नई सुपर किंग्ससँग हार बेहोर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएको छ।

अबुधाबीमा सम्पन्न खेलमा चेन्नईसँग ९ विकेटको हार बेहोर्दै पञ्जाब आईपीएलबाट बाहिरिएको हो।

टस हारेर ब्याटिङमा आएको पञ्जाबले पुरा ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो। १५४ रनको लक्ष्यका साथ मैदान पसेको पञ्जाबले १८.५ ओभर खेल्दै मात्र एक विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो।

जितका लागि फाफ डू प्लेसिसले ४८ रन बनाए। त्यस्तै, रितुराज गायक्वडले अविजित ६२ रनको अर्धसतकीय पारी खेले भने अम्बाती रायडू ३० मा बनाएर अविजित रहे।

पञ्जाबका क्रिस जोर्डले एक विकेट लिए।

त्यसअघि ब्याटिङमा आएको पञ्जाबका दीपक हुडाले अविजित ६२ रन बनाए भने कप्तान केएल राहुल २९ रनमा आउट भए। राहुलसँगै ५२ रनको साझेदारी गरेका मयंक अग्रवाल २६ रनमा आउट भए।

जारी आईपीएलमा केएल राहुल र मयंग अग्रवालले सबैभन्दा धेरै ६६६ रनको साझेदारी गरेका छन्।

त्यस्तै पञ्जाबका लागि क्रिस गेलले १२ रन बनाए भने मन्दिप सिंहले १४ रन जोडे।

चेन्नईका लुंगी निगिदीले तीन विकेट लिए भने श्रदुर्ल ठाकुर, इमरान ताहिर र रविन्द्र जाडेजाले एक एक विकेट लिए।

जितसहित प्रतियाेगिताबाट बाहिरिसकेको चेन्नईले १२ अंक जोडेको छ भने पञ्जाब पनि १२ अंकमा स्तब्ध भएको छ। याेसँगै प्रतियोगिताबाट बाहिरिने तीन टिमको समान १२ अंक हुने भएको छ।

आजको दोस्रो खेलमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ।
 

प्रकाशित: Nov 01, 2020| 13:45 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।