आइतबार, असार २८, २०८३

आईपीएल : हैदराबादसँग राजस्थान ८ विकेटले पराजित

यूएईमा जारी आईपीएल २०२० को ४० औं खेलमा राजस्थान रोयल्सलाई सनराइजर्स हैदराबादले ८ विकेटले पराजित गरेको छ। 
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

यूएईमा जारी आईपीएल २०२० को ४० औं खेलमा राजस्थान रोयल्सलाई सनराइजर्स हैदराबादले ८ विकेटले पराजित गरेको छ। 

जितका लागि १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १८.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। हैदराबादको जितमा मनिष पान्डे ४७ बलमा ४ चौका र ८ छक्कासहित ८३ रनमा अविजित रहे। विजय शंकर ५१ बलमा ६ चौकासहित ५२ रनमा अविजित रहे।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ बनाएको थियो। राजस्थानले पहिलो विकेट चौथो ओभरको तेस्रो बलमा गुमाएको थियो। 


राजस्थानले अब आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ। त्यसैगरी हैदराबादले शनिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ।

दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंकका साथ शीर्षस्थानमा छ। बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक भए पनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ।

मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ। चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ।

प्रकाशित: Oct 22, 2020| 23:38 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।