शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • घोडाघोडीकी उपमेयर भन्छिन्– प्रवृत्ति र संस्कारको विरोध गरेकी हुँ, मेयरसँग व्यक्तिगत रिसराग छैन (अन्तर्वार्ता)

घोडाघोडीकी उपमेयर भन्छिन्– प्रवृत्ति र संस्कारको विरोध गरेकी हुँ, मेयरसँग व्यक्तिगत रिसराग छैन (अन्तर्वार्ता)

मैले आम नेपाली महिलाको लागि, अधिकारको लागि समानताको कुरा अघि सारेको हो।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

कैलालीको घोडाघोडी नगरपालिका  मेयर ममताप्रसाद चाैधरी र उपमेयर प्रेमकुमारी थापा पूर्व एमालेबाट निर्वाचित भएका हुन्। तर मेयर र उपमेयरको सम्बन्ध सुमधुर छैन। साेही कारण घोडाघोडी नगरपालिका बेलाबेलामा चर्चामा आइरहन्छ। शनिबार पनि  नगरपालिकामा यस्तै घटना भयाे। निहुँ थियाे, नयाँ भवनकाे शिलालेखमा उपमेयरकाे नाम नलेखिनु। उद्घाटन समाराेहमा एकाएक उपमेयरले शिलालेखमा ढुंगा प्रहार गर्दै विरोध जनाइन्। यो घटनाले सार्वजनिक चर्चा पायो। उपमेयरले किन त्यसरी विरोध जनाइन् त ? बीपी अनमोलले उपमेयर प्रेमकुमारी थापासँग  गरेको संक्षिप्त कुराकानी : 

triton college

भवन उद्घाटन समाराेहमा असभ्य व्यवहार गर्नुभयो नि, किन?

पहिलेदेखि नै सानोतिनो विवाद थियाे। शनिबार यसले चरम रूप लिएकाे हाे। वडा नं.  १२, ५ र ७ कार्यालयका भवन निर्माण सम्पन्न भएपछि शनिबार उद्घाटन गर्ने कार्यक्रम थियाे। म शुक्रबार अनुगमनमा गएकी थिएँ। भवनमा शिलालेख लेखेर टाँसेको रहेछ। मेयर, वडाका अध्यक्ष र पदाधिकारीको नाम देखें। आफ्नो नाम देखिनँ। त्यसपछि प्रशासकीय अधिकृतलाई फोन गरें। उहाँ झर्केर बोल्नुभयो। साँझ मेयरलाई फोन गरेर 'मेयरसाब हजुरले त मेरो इतिहास मेटाउने कोसिस गर्नुभएछ, किन यस्ताे भयाे?' भनेर सोधें। उहाँले 'मैले तपाईंको नाम चाहेर र जानेर नै छुटाएको हो' भन्नुभयो। त्यसकाे परिणाम आक्रोश पाेखिएकाे हो।

नाम नलेखेकै कारण आक्रोश पोख्नुभएको हो?

अरू गतिविधिमा पनि मलाई बाइपास गरिँदै आएको छ। म सहँदै आएकी छु। शिलालेख लेख्ने क्रममा पनि यही भएकाे हाे।  कार्यपालिकामा छलफल गरेर कसरी लेख्ने, के लेख्ने, कसको नाम लेख्ने भन्ने निर्णय गर्नुपर्न थियाे। यसबारे कार्यपालिकाका साथीहरू  वडाध्यक्ष, सदस्यदेखि म स्वयं उपमेयरलाई नै थाहा छैन।

corrent noodles
Metro Mart

मेयर आफूले मात्रै खेस्रा बनाएर लेख्न लगाउनु भएछ। उहाँले ममाथि खेल खेल्नुभयो। जनप्रतिनिधि महिलामाथि अत्याचार गरेकाे सह्य भएन।  मेयर बन्ने मानिसले पितृसत्तात्मक सोच अन्त्य गरेर आउनुपर्छ। 

मैले नै उद्घाटन गर्नुपर्छ मेयर कोही होइन त भनेकी थिइनँ। त्यहाँ मेयर, वडाध्यक्षसहित सदस्यहरुको नाम राख्ने अनि मेरो नाम नियतवश नराखेकै कारणले अप्रिय घटना भएको हो। 

नगरप्रमुखको मात्रै नाम राखेर अन्यको नाम नराखेको भए तपार्ईंलाई आपत्ति हुन्थ्यो कि हुन्थेन?

त्यसो गरेको भए मलाई केही लाग्ने थिएन। मेयरदेखि वडाका अध्यक्ष र कार्यसमितिको नाम राख्ने अनि मेरो चाहिँ छुटाउने। महिला भएकै कारणले विभेद गर्न खोजेको देखियो। त्यही भएका कारणले म आक्रोशित भएको हुँ। उपमेयरको भूमिका त केही देखिनँ। हामीलाई गलत हिसाबले मात्रै प्रस्तुत गरियो। 

मैलेआम नेपाली महिलाक लागि र अधिकारका लागि समानताको कुरा अघि सारेको हो। मेरो नगर प्रमुखसँग व्यक्तिगत रिसराग छैन। मैले प्रवृत्ति र संस्कारको कडा रुपमा विरोध गरेको हुँ। 

मेयरले तपाईंलाई भूमिकाविहीन बनाउन खोज्नुभएकाे हाे?

हो। उपमेयरकाे चाहिँ कहीं पनि कुनै नामोनिसान हुनु हुँदैन भन्ने साेचाइ उहाँमा छ।  ममाथि प्रहार गरेर मेराे भूमिका मेटाउने कोसिस गरिएको छ। त्यसैले उहाँकाे याे दुष्प्रयासलाई मैले बाहिर ल्याएकी हुँ। 

मेयर र उपमेयरबीच हरेक विषयमा असहमति छ उसाे भए?

यस्तो हुन्छ। उपप्रमुखलाई दोस्रो दर्जाको त हो नि, किन सोधपुछ गर्नुपर्यो भन्ने उहाँको सोचाइ छ। उहाँ कुनै पनि निर्णयमा सहकार्य गर्न खाेज्नु हुन्न। मलाई कतिपय बैठककाे जानकारी नै हुँदैन। मेयरले के गर्दै छ वा नगरपालिकामा के हुँदैछ भन्ने समेत थाहा हुँदैन। उल्टै उपप्रमुखकाे कारणले गर्दा घोडाघोडी नगरपालिकाको बदनाम भयो भन्ने आरोप लगाउनुभएको छ। मैले भ्रष्टाचार गरेको छु कि या नैतिक पतन हुने काम गरेर बदनाम भयो ? त्यसकाे जवाफ उहाँले दिन सक्नुपर्‍यो।  

यसरी नगरपालिकाकाकाे विकास निर्माणमा अवराेध हुँदैन?

धेरैजसो निर्णय उहाँले एकलौटी रुपमा गर्नुहुन्छ। छलफल र समन्वय हुँदैन। सरसल्लाह गर्ने भए नगरपालिकाको काम प्रभावकारी पनि हुन्थ्याे। जबाफदेही बन्न सकिन्थ्याे। उहाँले सहकार्य गर्न जान्नु भएको छैन। अरु व्यक्तिकाे कुरा सुन्ने बानी छ। यसले समस्या हुने नै भयाे। 

तपाईं न्यायिक समितिको संयोजक हुनुहुन्छ, यसमा पनि सहयाेग पाउनुभएको छैन?

यसमा पनि सहयाेग पाएकी छैन। न्यायिक समिति के हो र भन्ने गलत बुझाइ छ मेयरमा। अढाई वर्षसम्म त न्यायिक समितिले कर्मचारी नै पाएन। मैले धेरै अनुराेध गर्दा पनि चासो राखिएन। तर कर्मचारी नहुँदा पनि मैले संयोजक भएर जनताको काम गरें। नगरप्रमुख भइसकेपछि सबै कुराको जिम्मेवारी लिएर व्यवस्थापन गर्नुपर्ने हाेइन उहाँले? 

नगर प्रमुखले तपाईंलगायत कार्यसमितिसँग सल्लाह गर्नु हुन्न? 

केही आसेपासेले जे सल्लाह दियाे त्यसैअनुसार अघि बढ्नुहुन्छ उहाँ। काम गर्दा सबैले गर्ने र अन्त्यमा आफूले मात्रै गरेको हुँ भनेर प्रचार गर्दै हिँड्ने बानी छ उहाँकाे।

प्रकाशित: Oct 19, 2020| 01:24 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...