मंगलबार, फागुन १९, २०८२

लकडाउनमा वीरेन्द्रनगर (फोटोफिचर)

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा मानिसको चहलपहल घटेको छ।
 |  आइतबार, भदौ २१, २०७७

देव राना

देव राना

आइतबार, भदौ २१, २०७७

सुर्खेत– कोरोना भाइरसले मानिसको दैनिकी बदलिएको छ। जोखिमका कारण झन्डै ६ महिनादेखि विद्यालय बन्द छन्। लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको पढ्ने बानी हटेको छ।

कतिपय बालबालिका अभिभावक घरमा नभएको मौका छोपी साथीभाइसँग रमाएर समय बिताउने गरेका छन् भने कोही घरायसी काममा पनि व्यस्त हुन थालेका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा मानिसको चहलपहल घटेको छ। जोरबिजोर प्रणालीको विरोधमा सार्वजनिक यातायात नचलेपछि मुख्य सडकमा रातो नम्बर प्लेटका गाडीमात्रै चलेका छन्। कोरोनाअघि निकै व्यस्त हुने सडकमा गाईवस्तु डुलेका देखिन्छन्। चलेका केही सवारीसाधनमा पनि हत्तपत्त यात्रु चढ्दैनन्।

कोरानो महामारीसँगै धार्मिक तथा पर्यटकीय स्थलहरु बन्द गरिएका छन्। सुर्खेतको प्रमुख धार्मिक पर्यटकीय स्थल देउती बज्यै मन्दिरको गेटमा ताला लागेको छ। चर्चित पर्यटकीय स्थल बुलबुलेमा पनि प्रवेश निषेध गरिएको छ।

भाइरस महामारीअघि प्रदेश अस्पताल सुर्खेतमा दैनिक पाँचदेखि सात सयसम्म बिरामी आउँथे। बिरामीको चापका कारण बिहान ९ बजे नै अस्पतालको ओपीडी सेवा सञ्चालन हुन्थ्यो। नाम लेखाउन र टोकन लिन बिरामी ८ बजे नै अस्पताल पुग्थे।

kumari

ओपीडीका बिरामीको जाँच गर्न डाक्टरलाई भ्याइनभ्याइ हुन्थ्यो। जनरल अप्रेसन, नियमित जाँच गर्नुपर्ने बिरामीले पनि सेवा पाउन घण्टौं कुर्नुपर्थ्यो । गएको चैत ११ देखि वैशाख ३१ गतेसम्म देशभरका अस्पतालले ओपीडी सेवा नै बन्द गरे। लकडाउन खुलेपछि पनि बिरामीहरु अस्पतालसम्म पुग्न यातायात सहज छैैन।

पहिले दैनिक सात सयसम्म बिरामी आउने प्रदेश अस्पतालमा अहिले एक–डेढ सयमात्रै आउने गरेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए।

प्रकाशित: Sep 06, 2020| 12:20 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।