शनिबार, मंसिर १३, २०८२

पोखरामा झुन्डिएको अवस्थामा महिलाको शव फेला

पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा एक महिलाको शव रूखमा झुन्डिएको अवस्थामा फेला परेको छ। महिलाको शवसँगै डोरीमा कुकुर पनि मृत फेला परेको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

National life
Laxmi sunrise bank
kumari

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा एक महिलाको शव रूखमा झुन्डिएको अवस्थामा फेला परेको छ। महिलाको शवसँगै डोरीमा कुकुर पनि मृत फेला परेको छ। गुल्मी चन्द्रकोट गाउँपालिका १ शान्तिपुर घर भई पोखरा–१७ बेलघारीमा बस्दै आएकी ५५ वर्षीया कोपिला राना मृत अवस्थामा भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान ७ बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। पहिला कुकुरलाई झुन्ड्याएर ती महिला आफू पनि त्यही डोरीमा झुन्डिएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। स्थानीयका अनुसार मादक पदार्थकी अम्मली ती महिलासँग अरु बेला पनि उक्त कुकुर अघिपछि हिँडिरहन्थ्यो।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। महिलाको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। बेलघारी स्थित छोरीको घरमा बस्दै आएकी राना नाइलनको डोरीले झुन्ड्यार  सोही डोरीमा कुकुरसहित आफू झुन्डिएको हुन सक्ने प्रहरीको अनुमान छ। उनले के कारणले आत्महत्या गरिन् भन्ने खुलेको छैन।

प्रकाशित: Sep 20, 2021| 16:51 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।