मंगलबार, जेठ ८, २०८१

मिडिया कसैको दोकान होइन : सन्दीप भूषण

भारतमा टेलिभिजनको त मृत्यु भइसकेको छ। पत्रकारिता मरिरहेको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

भारतीय पत्रकार सन्दीप भूषण दुई दशकभन्दा बढी समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय छन्। ‘क्याराभान’ का स्तम्भकार सन्दीपको आउँदै गरेको पुस्तक ‘द इन्डियन न्युजरुम’ ले कर्पाेरेट एजेन्डा बोकेको पत्रकारितामाथि प्रश्न उठाएको छ। भूषणको क्याराभानमा प्रकाशित अन्तर्वार्ताको अनूदित अंश:

triton college

तपाईंको प्रकाशोन्मुख पुस्तकमा भारतीय पत्रकारिताका असहज पक्षलाई उजागर गर्नुभएको छ। तीमध्ये सबैभन्दा चिन्ताजनक कुरा कुन हो?

पहिले त म यो किताब नै किन लेखें, त्यो भन्छु। पत्रकारिताबारे भारतमा निकै कम किताब लेखिएका छन्। धेरैलाई मिडियाको दोकानमा के भइरहेको छ भन्ने थाहा हुँदैन। मैले केही विश्वविद्यालयमा पढाएको छु। मलाई थाहा छ, कलेजमा पढाइने पत्रकारिता र मिडिया संस्थानको वास्तविकतामा धेरै फरक छ।

अधिकांश मिडियाको संसार आत्ममुग्ध र कुवाभित्रका भ्यागुताको संसार हो। मैले यो संसारलाई जस्तो देखें, त्यसलाई सम्पूर्णतामा बुझ्ने प्रयास गरें। किताब लेख्नुको दोस्रो उद्देश्य आत्ममन्थन पनि हो। विश्वभरका मिडिया आत्ममन्थन गरिरहेका छन्। दुर्भाग्य! भारतमा यस्तो भइरहेको छैन। भारतमा लिबरल स्पेस र लिबरल मिडिया खुम्चिँदो अवस्थामा छन्। आज उनीहरुले सामना गरिरहेका चुनौतीमा केन्द्रित भएर किताब लेखेको छु।

हामी मोदी मिडियाको कुरा गर्छौंं। जसले सरकारलाई प्रश्न सोध्दैन, सरकार च्यानलका लगानीकर्तालाई नियन्त्रण र सम्पादकलाई खल्तीमा राख्छ। सम्पादक र लगानीकर्ता मिलेर पत्रकारमाथि दबाब दिन्छन्। त्यसैले रिपोर्टिङ खत्तम भइसक्यो। समाचार हराइसके। अब सम्बन्धित विषयका जानकार पत्रकार छैनन्।

corrent noodles
Metro Mart

पत्रकारको काम यान्त्रिक भइसकेको हो?

दिनभर बाइट लिने पत्रकारले आफ्नो सम्पादकीय कौशल कसरी विकास गर्छ? त्यस्तो काम त कुनै नयाँ पत्रकारले पनि गर्न सक्छ।

स्टुडियोमै के प्रसारण गर्ने भन्ने तय गरिन्छ। साँझ ५ बजेपछि रिपोर्टरको कामै हुँदैन। पहिला अंग्रेजी च्यानलमा यस्तो हुन्थ्यो। अब यो रोग हिन्दीमा पनि सरेको छ।

अर्णव गोस्वामीको जस्तो पत्रकारिता पनि मौलाउँदै छ। यसले न्युजरुमको संंस्कृति र समाचारमा कस्तो प्रभाव पार्छ?

भारतमा यस्ता अनुसन्धान भएका छैनन्। जहाँसम्म अर्णवको कुरा छ, उसले हिन्दी समाचार च्यानलमा आफूजस्तै (आजतककी अञ्जना कश्यप, न्युज एटिनका अमिश देवगन) चिच्याउँदै पक्षपाती कुरा गर्ने पत्रकार तयार पारेको छ।

जब स्रोतसाधनको कमी हुन थाल्छ, रिपोर्टिङको कुरा हुँदैन तब पत्रकारितामा अर्णवजस्ता पात्र आउँछन्।

तपाईंले बोर्डरुम र न्युजरुमबीचको फरक मेटिन थालेको कुरा गर्नुभएको छ। यसले समाचार संकलनमा असर गर्छ?

मुकेश अम्बानीले आफ्नो दोकान कसरी चलाउने भनेर उनी आफैंले तय गर्छन्। तर, मिडियासँग सार्वजनिक हित जोडिएको हुन्छ। त्यसैले यसलाई निजी दोकान जसरी चलाउन सकिँदैन। मिडिया र गैरमिडिया सम्पत्तिबीचको यो भेद कम हुँदै छ। यसले समाज, मिडिया कसैको पनि हित हुँदैन।

मलाई लाग्छ, कुनै नियामक निकाय हुनुपर्छ जसले कसलाई मिडियाका सञ्चालक बन्न दिने र कसलाई नदिने भन्ने निर्णय गर्न सकोस्।

मुकेश अम्बानीको गोजीमा आधा देश छ भने उनलाई नै समाचार च्यानलको मालिक बन्न दिइनु हुँदैन।

तपाईंलाई लाग्छ, मिडियालाई आफैंंसँग पनि प्रश्न गर्ने बेला आइसक्यो?

भारतीय मिडियाले कहिल्यै पनि आफूमाथि प्रश्न उठाएन। जेट एयरवेज वा किंकफिसर एयरलाइन्सबाट कर्मचारी निकालिए भने मिडियाले समाचार बनाउँछ। तर, हालै मिडियाले कति पत्रकार निकाल्यो त्यसको समाचार किन बनिरहेको छैन? न्युज लन्ड्रीजस्ता एकाध प्रतिष्ठानबाहेक अन्त यस्ता खबर देखिँदैनन्।

मिडियामा कुनै आशा देख्नुहुन्छ?

मैले त त्यस्तो देखिरहेको छैन। न्युज वेबसाइट पनि अर्कै भाषा बोल्न थालेका छन्। गम्भीर मानिएका समाचार वेबसाइटको पनि राजनीतिक ध्रुवीकरण भइरहेको छ। जुन न्युज पोर्टल जनताका पक्षमा छन् त्यहाँ वित्तीय संकट छ वा चन्दामा आश्रित छन्। अहिले कुनै टिकाउ रेभेन्यु मोडेल देखिएको छैन।

भारतमा टेलिभिजनको त मृत्यु भइसकेको छ। पत्रकारिता मरिरहेको छ। म यस्ता धेरैलाई चिन्छु जो राम्रै जागिर खाइरहेका थिए, अहिले फ्रिलान्सर भएका छन्। किनभने उनीहरुले निश्चित एजेन्डाको पत्रकारिता गर्न अस्वीकार गरे।

अब मिडियाहरू स्टोरी लेख्नभन्दा पनि स्टोरी दबाउन सक्रिय भइरहेका छन्। पत्रकारको काम मजदूरी गर्नुमा सीमित भएको छ। बजेट कम भएको छ, मिडियालाई रिपोर्टर चाहिएको छैन।

प्रकाशित: Aug 11, 2020| 18:40 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...