बिहीबार, चैत ५, २०८२

च्याम्पियन्स लिग क्वार्टरफाइनल : खेल तालिका सार्वजनिक

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको खेल तालिका सार्वजनिक गरिएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं –युरोपेली च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको खेल तालिका सार्वजनिक गरिएको छ।

National life

राउन्ड अफ १६ का खेल सम्पन्न भएपछि आठ टिमको खेल तालिका सार्वजनिक गरिएको हो।

क्वार्टरफाइनलका खेलहरू अगस्त १३ देखि १६ सम्म पोर्चुगलको लिस्बनमा हुनेछन्।

प्रतियोगिताकोे क्वार्टरफाइनलमा एटलान्टा, पीएसजी, लाइप्जिक, एट्लेटिको मड्रिड, बार्सिलोना, बायर्न, म्यन्चेस्टर सिटी र लायोन पुगेका छन्।

एलटान्टाले पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग अगस्त १३ मा खेल्नेछ।

Laxmi sunrise bank
kumari

गत फेब्रुअरीमा सम्पन्न खेलमा एटलान्टाले भ्यालेन्सियालाई ८–४(४–१ र ४–३) ले हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो।

फ्रेन्च क्लब पीएसजीले बोरुसिया डर्टमुन्डलाई ३–२ (१–२ र २–०) गोल अन्तरले हराएको थियो।

अगस्त १४ मा आरबी लाइप्जिक र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुनेछ।  लाइप्जिकले सविक उपविजेता टोटेनहमलाई ४–० (१–० र ३–०) गोल अन्तरले हराएको थियो।

साथै एट्लेटिको मड्रिडले अन्तिम १६ को खेलमा साविक विजेता लिभरपुललाई ४–२ (१–० र ३–२) गोलअन्तरले हराएको थियो।

अगस्त १५ मा बार्सिलोनाले बायर्नसँग खेल्नेछ। क्याटालान क्लब बार्सिलोनाले नापोलीलाई ४–२ (१–१ र ३–१) गोल अन्तरले हराउँदै अन्तिम ८ प्रवेश गरेको हो।

बायर्नले ७–१ (३–० र ४–१) को गोल अन्तरले चेल्सीलाई हराएको थियो।

च्याम्पियन्स लिगको अन्तिम क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीले लायोनसँग खेल्नेछ। म्यानचेस्टर सिटीले स्पेनिस लिगविजेता रियल

मड्रिडलाई ४–२ (२–१ र २–१) गोल अन्तरले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको छ।

लायोनले इटालियन लिग विजेता युभेन्टसलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो।

दुवै तर्फबाट २–२ गोल भए तापनि युभेन्टसले दुवै गोल आफ्नै मैदानमा गरेको र लायोनले एक गोल अवे, एक गोल होम मैदानमा गरेका कारण अन्तिम ८ मा प्रवेश गरेको हो।

च्याम्पियन्स लिगमा होम गोलको भन्दा अवे गोलको मान्यता धेरै हुन्छ। न्युट्रल भेन्युमा हुने सबै खेल सिंगल लेगका हुनेछन्। फाइनल खेल अगस्त २४ मा हुनेछ।

कुन टिमसँग कुन टिमको प्रतिस्पर्धा ?

एटलान्टा र पीएसजी, अगस्त १३, राति पौने १ बजे

आरबी लाइप्जिक र एट्लेटिको मड्रिड, अगस्त १४, राति पौने १ बजे

बार्सिलोना र बायर्न, अगस्त १५, राति पौने १ बजे

म्यानचेस्टर सिटी र लायोन, अगस्त १६, राति पौने १ बजे

प्रकाशित: Aug 09, 2020| 11:43 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।