सोमबार, असार २९, २०८३

नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको शीर्ष ८ मा

च्याम्पियन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा नापोलीलाई हराउँदै बार्सिलोना अन्तिम आठमा प्रवेश गरेको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- च्याम्पियन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा नापोलीलाई हराउँदै बार्सिलोना अन्तिम आठमा प्रवेश गरेको छ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा सम्पन्न दोस्रो लेगको खेलमा नापोली ३–१ गोलअन्तरले पराजित भएपछि घरेलु टोली क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

बार्सिलोनाको जितका लागि क्लिमेन्ट लेन्गेट, लियोनेल मेस्सी र लुइस सुआरेजले एक÷एक गोल गरे।

खेलको दशौं मिनेटमै लेन्गेटले गोल गरेपछि घरेलु टिमले सुरुवाती अग्रता बनाएको थियो। त्यस्तै, २३ औं मिनेटमा फरवार्ड मेस्सीले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर बनाए।

पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गर्दै सुवारेजले बार्सिलोनालाई ३–० गोलको आग्रतामा पुर्याएका थिए। तर, त्यसलगत्तै पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नापोलीका लोरेन्जो इन्सिग्नीले गोल गरे।

इन्सिग्नीको गोलसँगै पहिलो हाफमा बार्सिलानाले ३–१ को अग्रता बनाइसकेको थियो। तर, दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बार्सिलोनाले जित्यो।

यसका साथै समग्रमा ४–२ गोलअन्तरका साथ बार्सिलोना अघिल्लो चरणमा पुगेको हो। पहिलो लेगको खेलमा बार्सिलोना र नापोलीले १–१ गोलको बरबरी खेलेका थिए।

अगस्त १५ मा हुने क्वार्टरफाइनल खेलमा बार्सिलोनाले बार्यनसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Aug 09, 2020| 08:28 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।