सोमबार, असार २९, २०८३

युभेन्टसबाट सारी बर्खास्त, नयाँ प्रशिक्षकमा आन्द्रे

इटालियन लिग विजेता क्लब युभेन्टसले प्रशिक्षक माउसिजो सारीलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षक नियुक्त गरेको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

इटाली- इटालियन लिग विजेता क्लब युभेन्टसले प्रशिक्षक माउसिजो सारीलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षक नियुक्त गरेको छ।

युभेन्टसले सारीलाई एक सिजनमै बर्खास्त गर्दै नयाँ प्रशिक्षकका रुपमा शनिबार आन्द्रे पिर्लोलाई नियुक्त गरेको हो।

क्लबले घरेलु लिग जितेको भए तापनि कोप्पा इटालियाको फाइनलमा नापोलीसँग हार बेहोरेको थियो भने च्याम्पियन्स लिगको अन्तिम १६ मा लायोनलाई जित्न सकेको थिएन।

यसका साथै बर्खास्त भएका सारीपछि युभेन्टसका प्रशिक्षकमा पूर्व मिडफिल्डर दुई सिजनका लागि पिर्लो नियुक्त भएका हुन। ४१ वर्षे नवप्रशिक्षक, युभेन्टसकै यू–२३ का प्रशिक्षक हुन्। उनी गत जुलाईमा मात्र युभेन्टस फर्किएका थिए।

उनलाई सिनियर टिममा बढुवा गर्दै युभेन्टसले भनेको छ, ‘पिर्लोप्रतिको विश्वासका आधारमा हामीले उनलाई सिनियर टिमको प्रशिक्षकको रुपमा बढुवा गरेका हौँ।’

सन् २०११ बाट २०१५ सम्म युभेन्टसबाट खेलेका पिर्लोले क्लबका तर्फबाट १९ गोल गरेका थिए। साथै उनले चार सिरी ए, एक कोपा इटालिया र दुई इटायिन सुपर कप जितेका छन्।

सन् २००६ मा इटालिले विश्वकप जित्दा उनी सोही टिमका खेलाडी थिए। उनले सन् २०१७ मा खेलाडी जिवनबाट संन्यास लिएका थिए। बीबीसी

प्रकाशित: Aug 09, 2020| 08:17 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।