आइतबार, भदौ २१, २०८३

युभेन्टसको अप्रत्यासित हार, लायोन शीर्ष ८ मा

च्याम्पियन्स लिगअन्तर्गत शुक्रबार राति सम्पन्न दोस्रो लेगको खेलमा लायोनले युभेन्टसलाई हराएको छ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

काठमाडौं – च्याम्पियन्स लिगअन्तर्गत शुक्रबार राति सम्पन्न दोस्रो लेगको खेलमा लायोनले युभेन्टसलाई हराएको छ।
युभेन्टसको एलियान्ज रंगशालामा सम्पन्न खेलमा २–१ गोलअन्तरले घरेलु टिम अघि रहे तापनि समग्रमा बराबरी र अवे गोलका आधारमा लायोन विजयी भएको हो।
पहिलो लेगको खेलमा लायोनले युभेन्टसलाई १–० गोलले पछि परेको थियो। दोस्रो लेगको खेलमा २–१ गोल अन्तरले पछि परे तापनि समग्रमा २–२ गोलको बराबरी भयो।
लायोनले एक गोल होम मैदानमा र एक गोल अवे मैदानमा गरेका कारण ऊ विजयी भएको हो। च्याम्पियन्स लिगमा अवे गोलको मान्यता धेरै हुन्छ।
यता युभेन्टसले भने दुवै गोल गृहमैदानमा गरेका कारण उसले पराजय भोगेको हो।
युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले २ गोल गरे। उनले ४३ औं र ६० औं मिनेटमा गोल गरेसँगै युभेन्टस एक गोलले अघि रह्यो। उनले पहिलो गोल पछि परेको अवस्थामा गरेका थिए।
खेलको १२ औं मिनेटमै मेम्फिस डिपेयले पेनाल्टीमा गोल गर्दै पाहुना टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।
गत फेब्रुअरी २७ मा भएको पहिलो लेगको खेलमा लुकास टोयसर्टले निर्णायक गोल गर्दै लायोनलाई जित दिलाएका थिए।
अवे गोलका आधारमा जित निकालेको लायोनले अब अगस्ट १६ मा हुने क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Aug 08, 2020| 08:43 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।