बिहीबार, चैत ५, २०८२

म्यानचेस्टर सिटीविरुद्ध खेल्न किन गएनन् बेल ?

जिदानेले बिहीबार सार्वजनिक गरेको २४ खेलाडीको स्क्वाडमा बेल परेका थिएनन्। यता, उनले बेललाई बेञ्चमा पनि राख्न नचाहेको भनेर सर्वत्र आलोचना भइरहेको छ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

मड्रिड– रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानेले वेल्सका फरवार्ड ग्यारेथ बेलले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा खेल्न नचाहेको बताएका छन्। अन्तिम १६ मा म्यानचेस्टर सिटीविरुद्ध हुने आज रातिको खेलमा बेलले खेल्न नचाहेको जिदानेले बताएका हुन्।

National life

जिदानेले बिहीबार सार्वजनिक गरेको २४ खेलाडीको स्क्वाडमा बेल परेका थिएनन्। यता, उनले बेललाई बेञ्चमा पनि राख्न नचाहेको भनेर सर्वत्र आलोचना भइरहेको छ।

३१ वर्षे ब्रिटिस फरवार्डले यो सिजनमा १४ खेलमा मात्र पहिलो रोजाइका खेलाडी बनेर मैदान प्रवेशको मौका पाए। साथै कोरोना महामारीपछि फर्किएको फुटबलमा उनले दुई पटकमात्र मैदान प्रवेशको मौका पाएका छन्।

‘मैले उनीसँग व्यक्तिगत रुपमा कुरा गरेको थिएँ। उनी सिटीविरुद्ध खेल्न चाहँदैन थिए,’ जिदानेले भनेका छन्, ‘बाँकी कुरा मेरो र बेलबीच नै रहन दिऔँ। तर उनले खेल्न नचाहेको बताएका थिए।’

त्यस्तै, बेलले म्यान्चेस्टर गएर पनि च्याम्पियन्स लिगमा खेल्ने अवसर नपाउने देखेपछि उनले आफू सहभागी नहुने बताएको बीबीसीले जनाएको छ।

Laxmi sunrise bank
kumari

यता, टिममा नपरेका बेलले गएको सिजनमा नै चिनियाँ सुपर लिग क्लब जाआंग्सु सुनिङसँगै सम्झौताको नजिक पुगेका थिए। तर त्यो सम्झौता बीचमै रद्द भयो।

बेल पछिल्ला हप्ताहरुमा फेरि उदासिन देखिन थालेका छन्। उनी रियलको बेञ्चमै सीमित बनेका छन्। मैदानमा खेल भइरहँदा उनी अल्छिलाग्दो मुद्रामा हुन्छन्। रियलले लगातार १० खेलमा जित निकाल्दै स्पेनिस लिग च्यम्पियन बन्दा पनि उनको उदासिनतामा कमी आएन।

उनको भविष्य मड्रिडमै छ त ? भन्ने प्रश्नमा जिदाने भन्छन्, ‘मलाई थाहा छैन। अहिले उनी रियल मड्रिडका खेलाडी हुन्, जुन परिवर्तन भएको छैन। उनी हाम्रा खेलाडी हुन्। म यो कुरा र उनी दुवैलाई सम्मान गर्छु। मलाई अरु सबै खेलाडी मनपर्छ।’

‘उनले खेल्न चाहेनन्। मैले तपाईंहरुलाई भन्नसक्ने कुरा यति नै हो। बाँकी कुरा म खेलको तयारीमा व्यस्त छु। हामी जसरी भए पनि खेलमा केन्द्रित हुने कोसिस गरिरहेका छौं,’ जिदानेले आफ्नो बचाउ गरेका छन्।

जिदानेले आफ्नो स्क्वाडमा बेललाई नराखेर अर्का फरवार्ड इडेन हजार्डलाई राखेका छन्। हजार्ड सिजनको अन्तिममा गम्भिर चोटले सताएका खेलाडी हुन्। चोटका कारण उनी खेलमा फर्कन सक्ने–नसक्ने अन्योलको स्थिति पैदा भएको थियो।

‘यो सही हो हजार्ड चोटग्रस्त थिए। तर उनी अहिले पूरै ठिक भइसकेका छन्,’ जिदानेले भने, ‘दुई तीन दिनमै खेल हुँदा चाहिँ समस्या हुने हो। लामो सयको खेलले असर गर्दैन।’

जिदानेले मड्रिडका खेलाडी र प्रशिक्षबीच सौहार्दपूर्ण वातावरण रहेको पनि बताएका छन्। साथै उनले खेलप्रति आशावादी भएको पनि बताएका छन्।

रियल मड्रिडविरुद्ध गत फेब्रुअरीमा भएको पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटीले २–१ को गोलअन्तरले जित निकालेको थियो मड्रिडको घरेलु मैदानमा। त्यसपछि लगत्तै हुनुपर्ने दोस्रो लेगको खेल भने कोरोना महामारीका कारण पाँच महिना पछि पुगेको छ।

आज राति हुने सिटी र रियलको खेलमा जुन टिमले जित निकाल्छ, उसले लायोन र युभेन्टसको विजेतासँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

कसरी चिसियो सम्बन्ध ?

बेल र जिदानेको सम्बन्धको कुरा गर्दा दुई वर्ष पछाडि फर्कनुपर्ने हुन्छ। उनीहरुको सम्बन्धको सुरुवात २०१७–१८ को च्याम्पियन्स लिग फाइनलबाट सुरु भएको थियो, जुन किवमा भएको थियो। त्यो लिगको फाइनलमा उनले क्लबका प्रशिक्षक र अध्यक्षसँग उपाधि सेलिब्रेसन गरेनन्। जिदानेले बेललाई त्यसबेला केही भनेका थिए। त्यही विषयलाई लिएर उनले उत्सव नै मनाएनन्।

त्यसपछि जिदाने क्लबमा धेरै समय रहेनन्। उनी क्लबबाट विदा भए। तर उनीहरुको वैमनष्यता नवीकरण तब भयो, जब रियलले प्रशिक्षक जिदानेलाई सिजनको बीचमै फिर्ता बोलायो। उनी ९ महिनापछि क्लबमा फर्किए। त्यसले रियलको समर विन्डो (गत सालको) मा पनि प्रभाव पारेको थियो। बेलका बारेमा प्रशिक्षकले धेरै कमेन्ट पनि गरे। तर बेल अर्को सिजनका लागि पनि रियलमै रहने भए।

उनलाई किन्ने सामर्थ्य कुनै क्लबले गरेनन्। न उनी जान चाहे। उनलाई लिएर यस्तो पनि भन्न सकिन्छ– ३१ वर्षे खेलाडी रियल मड्रिडका पछिल्ला धेरै उपाधिहरुमा बर्नबेउमा साथीस्वरुप छन्। उनको जस्तो भूमिका अरु कुनै खेलाडीले निभाउनै सक्दैनन्।

क्लब अझै पनि उनलाई राम्रो खेलाडीका रुपमा देख्छ। तर क्लबलाई यो पनि थाहा छ कि उनी र जिदानेको सम्बन्ध क्लबले बचाउने खालको छैन, त्यो भन्दा पर छ।

यसका बाबजुद पनि बेलको मनमा लस बाल्कोन (मड्रिड) छोडेर जाने मनशाय देखिँदैन। उनी अझै केही समय रियलमै बिताउन चाहन्छन्। रियलमा खुसी छन्। साथै उनले आफ्नो एजेन्टलाई अन्य क्लबमा जान चाहेको बताएका छैनन्।

– बीबीसी र मार्का

प्रकाशित: Aug 07, 2020| 18:11 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।