म्यानचेस्टर- इङ्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आज (शुक्रबार) राति हुने च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलविरुद्धको खेलप्रति टिप्पणी गरेका छन्।
उनले रियलका प्रशिक्षक जिनेदिन जिदाने र करिम बेञ्जेमाको डिफेन्सबारे तारिफसेमत गरे। आज रातिको खेलमा रियलका बेञ्जेमा सिटीको ध्यानमा रहने ग्वार्डिओलाले बताएका छन्। किनभने बेञ्जेमा रियलका चतुर स्ट्राइकर मान्छिन्।
‘बेञ्जेमा असाधारण खेलाडी हुन्,’ ग्वार्डिओलाले भने, ‘म बार्सिलोनामा हुँदाको समयबाट बेञ्जेमालाई चिनेको छु। कसैकसैले त उनीलाई मेस्सीसँग तुलना गर्दा कसो होला भनेर समेत सोध्ने गर्दथे।’
स्पेनिस लिगमा बार्सिलोना र रियल मड्रिड फुटबल इतिहासदेखिकै परस्पर प्रतिद्वन्द्वी मानिन्छन्। सिटीमा आउनुअघि उनी बार्सिलोनाका प्रशिक्षक थिए। यसबारे प्रश्न गर्दा प्रशिक्षक ग्वार्डिओला भन्छन्, ‘म बार्सिलोनाको समर्थक हुँ। तर मैले यसअघि नै बार्सिलोना र बार्यनसँग खेलिसकेको छु।’
उनले थपे, ‘म अहिलेको क्लबका लागि के राम्रो गर्न सकिएला भन्ने पक्षमा काम गर्नेछु।’
गएको फेब्रुअरीमा सिटीले रियल मड्रिडसँगको खेलमा २–१ गोलको जित निकालेको थियो। प्रशिक्षक ग्वार्डिओलाले पहिलो लेगमा जित निकालेको भए पनि दोस्रो लेग धेरै गाह्रो हुने बताएका छन्।
‘पहिलो लेगको खेल धेरै समयअघि भएको थियो,’ उनले खेलअघिको पत्रकार सम्मेलनमा भने, ‘त्यो समर्थकसहितको फरक खेल थियो। अहिले हामी घरेलु मैदानमा छौँ तर समर्थक हाम्रो साथमा छैनन्।’
‘च्याम्पियन्स लिगको यो खेल समर्थकका लागि हो। खेलाडी पनि दर्शकहरबीच खेल्न चहान्छन् तर अहिले यो सम्भव छैन,’ उनले भने, ‘यो वास्तविकता हो, पहिलो कुरा त स्वास्थ्य हो। हामी चहान्छौँ कि छिटै समर्थकबीच खेल्न पाइयोस्।’
रियल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत पछिल्लो दशकमा आज तेस्रोपटक इतिहाद रंगशालामा प्रतिस्पर्धा गर्दैछ। जहाँ पहिलेका दुई खेल बराबरीमा रोकिएका थिए। २०१२/१३ को समूह चरणको खेल १–१ गोलको बराबरी भएको थियो भने २०१५/१६ को सेमिफाइनल गोलरहित बराबरी भएको थियो।