बिहीबार, चैत ५, २०८२

युरोपा लिग क्वार्टरफाइनल : यस्तो छ प्रतिस्पर्धा

युरोपा लिगअन्तर्गत अबका सबै खेल न्युट्रल मैदानमा हुने छन्। जसअनुसार सेमिफाइनल खेल अगस्त १७ र १८ मा हुनेछ भने फाइनल आउँदा २२ तारिकमा हुनेछ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

कोरोना भाइरस (कोभिड १९)को महामारीले लामो समय स्थगित भएको युरोपा लिगअन्तर्गत क्वार्टरफाइनलका खेल अगस्त ११ र १२ मा जर्मनीमा हुँदैछन्। राउन्ड अफ १६ का सबै खेल गए राति सम्पन्न भएपछि क्वार्टरफाइनल खेल्ने टिमको पनि टुंगो लागेको हो।

National life

अगस्त ११ को खेलमा इटालियन क्लब इन्टर मिलानसँग जर्मन क्लब लिभरकसुनले स्पिरिट एरिना रंगशालामा प्रतिस्पर्धा गर्नेछ। लिभुरकुसन अन्तिम १६ खेलमा रेन्जर्सलाई ४–१ को समग्र गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो भने इन्टरले न्युट्रल भेन्युमा गेटाफेलाई हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो।

त्यस्तै, सोही दिन हुने अर्को खेलमा म्यानचेस्टर युनाइटेडले कोपनहेगनसँग रेहिन इनर्जी रंगशालामा प्रतिस्पर्धा गर्नेछ। अन्तिम १६ मा युनाइटेडले लास्कलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो भने कोपनहेगनले इस्तानबुललाई हराएको थियो।

अगस्त १२ को क्वार्टरफाइनलमा सख्तर डोनेटस्कले बसेलसँग वेल्टिन्स रंगशालामा खेल्नेछ। सख्तरले अन्तिम १६ मा वुल्भ्सबर्गलाई हराउँदै अन्तिम ८ पुगेको हो भने बसेलले आइन्ट्राक्ट फ्रान्क्फ्रुटलाई हराउँदै क्वार्टरफाइनल पुगेको हो।

गएरातिको खेलमा जित निकाल्दै क्वार्टरफाइनल पुगेको स्पेनिस क्लब सेभियाले र इंग्लिस क्लब वुल्भ्ससँग एमएसभी एरिना रंगशालामा प्रतिस्पर्धा गर्नेछ। वुल्भ्सले ओलम्पियाकोसलाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको थियो भने सेभियाले रोमालाई हराउँदै अन्तिम ८ को यात्रा तय गरेको थियो।
क्वार्टरफाइनलका सबै खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।

Laxmi sunrise bank
kumari

युरोपा लिगअन्तर्गत अबका सबै खेल न्युट्रल मैदानमा हुने छन्। जसअनुसार सेमिफाइनल खेल अगस्त १७ र १८ मा हुनेछ भने फाइनल आउँदा २२ तारिकमा हुनेछ।

अगस्त ११

इन्टर मिलान र लिभरकुसन, स्पिरिट एरिना रंगशाला, जर्मनी

म्यानचेस्टर युनाइटेड र कोपनहेगन, रेहिन इनर्जी रंगशाला, जर्मनी

अगस्त १२

सख्तर डोनेटस्क र बसेल, वेल्टिन्स रंगशाला, जर्मनी

सेभियाले र वुल्भ्स, एमएसभी एरिना रंगशाला, जर्मनी

प्रकाशित: Aug 07, 2020| 09:30 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।