सोमबार, असार २९, २०८३

रोमालाई हराउँदै सेभिया क्वार्टरफाइनलमा

पराजय भोगेसँगै रोमा लिगको अन्तिम १६ बाट बाहिरिएको छ। त्यस्तै विजेता सेभियाले भने अन्तिम ८ (क्वार्टरफाइनल)मा प्रवेश पाएको छ। जितका लागि सर्जियो रेगुइलोन र योउसेफ इन नेस्रीले गोल गरे।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं– युरोपा लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इटालियन क्लब रोमा सेभियासँग पराजित भएको छ। जर्मनीको एमएसभी रंगशालामा सम्पन्न खेलमा सेभिया २–० गोल अन्तरले पराजित भएको हो।

पराजय भोगेसँगै रोमा लिगको अन्तिम १६ बाट बाहिरिएको छ। त्यस्तै विजेता सेभियाले भने अन्तिम ८ (क्वार्टरफाइनल)मा प्रवेश पाएको छ। जितका लागि सर्जियो रेगुइलोन र योउसेफ इन नेस्रीले गोल गरे।

खेलको २१ औं मिनेटमा गोल गर्दै रेगुइलोनले क्लबलाई सुरुवाती अग्रता दिलाए। त्यस्तै ४४ औं मिनेटमा नेस्यरीले गोल गरेपछि पहिलो हाफमै सेभिया २ गोलले अघि रह्यो। तर दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलमा सेभिया विजयी बन्यो।

यता पराजित रोमाका गियन्लुका मन्सिनी दोस्रो हाफको अतिरिक्त समयमा रातो कार्ड खाँदै बाहिरिएका थिए।

सेभियले क्वार्टरफाइनल खेलमा इंग्लिस क्लब वुल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Aug 07, 2020| 08:29 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।