सोमबार, असार २९, २०८३

भविष्यका लागि नयाँ पुस्ता तयार गर्दै बार्सिलोना

बार्सिलोनाको यस्तो निर्णयले विश्वमा फुटबल खेलाडीको वर्चश्व परिवर्तन हुँदै गएको संकेत गर्छ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

मड्रिड– केही दिनअघि बार्सिलानाले ठूलो संख्यामा खेलाडी बेच्न चाहेको बतायो। क्याटालान क्लब बार्सिलोना अहिले जुन आर्थिक समस्याबाट जुधिरहेको छ, त्यो समस्याको हल गर्नका लागि उसले खेलाडी बेच्नैपर्ने थियो।

त्यसैले उसले बेच्न सक्ने खेलाडीको नाम सार्वजनिक गर्‍यो। जसमा लोनबाट बार्सिलोना फर्कने फिलिप काउटिन्हो, बार्लस एलिन, राफिन्हो अल्कान्तारा र क्लायर तादिबो थिए। लोनबाट फर्कनेसँगै बार्सिलोना १२ जना खेलाडी बेच्न चाहन्थ्यो, अझै चाहन्छ। थाहा छ, एकै सिजन यत्रा खेलाडी बेच्न सकिन्न। तर उसको आवश्यकता वास्तविकताभन्दा माथि देखियो।

बार्सिलोनाले बेच्न चाहेका खेलाडीको सूचीमा नेतो, नेल्सन सेमेदो, सामुएल एमिटीटी, जुनियर फिर्पो, इचान राकिटिक, आर्थुरो भिडाल, ओस्मान डेम्बेले र मार्टिन ब्रेथवेटसमेत थिए।

स्क्वाडका धेरै खेलाडी बेच्न चाहे पनि बार्सिलोनाका अध्यक्ष जासेप मारिया बर्तोमाउ युवा खेलाडी बेच्ने कुनै आशय नभएको बताउँछन्। किनभने क्लबले लामो समयका लागि योजना बनाउनु पर्नेछ। युवा खेलाडी नै क्लबमा लामो सयम रहन सक्नेछन्। जसकारण उसले युवा खेलाडी नबेच्ने बताएको हो।

बार्सिलोनाको यस्तो निर्णयले विश्वमा फुटबल खेलाडीको वर्चश्व परिवर्तन हुँदै गएको संकेत गर्छ। गएको फेब्रुअरीमा इन्टरनेशनल सेन्टर फर स्पोर्ट्स स्टडिज (सीआईईएस)को एक अध्ययनले पनि विश्वका अत्यधिक मूल्यवान खेलाडीमा युवा खेलाडीकै अधिपत्य रहेको देखाएको छ।

सो तालिकामा विश्लेषकले केलियन एम्बाप्पे, रहिम स्टारर्लिङ, जाडोन सान्जे, ट्रेन्ट अलेक्जेन्डर–अर्नोल्ड र मार्कस रासफोर्डलाई शीर्ष पाँचमा राखेका छन्।

तर, पछिल्लो दशक फुटबलमा राज गरेका खेलाडीहरु क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको स्थान पनि तथ्यांकमा धेरै फरक छ। सर्वाधिक बालोन डी ओर अवार्ड विजेता मेस्सीलाई २२ औं स्थानमा राखिएको छ भने फुटबल खेलेरै अर्बपति बनेका रोनाल्डोलाई ७० औं स्थानमा।

यो पनि पढ्नुहोस् : के फुटबलको वर्चस्व बदलिँदै छ ?

फुटबल वर्चश्व परिवर्तनको शैलीमै बार्सिलोनाले आफ्नो भावी योजनाको सुरुवात गरेको छ। ‘बार्सिलोनाका फ्रान्सिस्को त्रिनाको (२० वर्ष), पेड्रो लोपेज (१७), अन्सु फाती (१७), टेर स्टेगेन (२८), रिकी पिउग (२०), रोनाल्ड आरउ (२१) जस्ता युवा खेलाडी बेच्नका लागि होइनन्,’ बर्तोमाउले भने, ‘हामी भविष्यका लागि नयाँ पुस्ताको निर्माण गर्दैछौं।’

खेलाडीबारे निर्णय लिइरहँदा प्रशिक्षक क्विके सेटिएन भने आलोचनाको केन्द्रमा छन्। आलोचनाको उत्कर्षमा रहे पनि प्रशिक्षक सेटिएनप्रति बर्तोमाउको भरोषा बदलिएको छैन। ‘क्लबसँग सेटिएनको सम्झौता अर्को वर्षसम्मको लागि छ। सेटिएन त्यस्ता मानिस हुन्, जसलाई हामीले विश्वास गरेका छौं। र, अर्को सिजनमा केही फरक देख्न पाइने छ,’ बर्तोमाउले प्रशिक्षकप्रतिको भरोषा व्यक्त गरे।

‘पिउग, अन्सु र अरउजोजस्ता युवा खेलाडी टिम बी बाट बढुवा हुँदै बार्सिलोनाको मुख्य टिममा आउने छन्,’ बर्तोमाउले थपे, ‘पजानिकसँगै त्रिनाको र पेड्री पनि आउनेछन्।’

यता बार्सिलोनाका कप्तान एवम् फरवार्ड मेस्सीको सम्झौता आउँदो सिजन सकिएसँगै सकिनेवाला छ। बर्तोमाउ सम्झौता थपिने र मेस्सीले क्याम्प नाउबाटै संंन्यास लिने कुरामा विश्वस्त देखिन्छन्।

‘मेस्सीले बार्सिलोनाबाट संंन्यास लिन्छु भनेका छन्,’ बर्तोमाउ मेस्सीलाई उद्धृत गर्दै भन्छन्, ‘उनले बार्सिलोनाबाटै संंन्यास लिन्छन् भन्ने कुरामा शंकै छैन। बार्सिलोना उनकै क्लब भएकोमा उनी स्पष्ट पनि छन्।’

तर कप्तान मेस्सी क्लबको प्रदर्शन, प्रशिक्षक र बोर्डबाट सन्तुष्ट छैनन्। ला लिगाको उपाधि रियल मड्रिडले जितेको दिन उनले भनेका थिए, ‘अब क्लबमा परिवर्तन जरुरी छ। यस्तो तालले त हामी आउँदो च्याम्पियन्स लिगको खेलमा नापोलीसँग पनि हार्नेछौं।’

–मार्का

प्रकाशित: Aug 07, 2020| 07:07 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।