सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रिमियर लिग खेल्ने २० टिमको टुंगो, फुलहाम प्रिमियर लिगमा बढुवा

प्रिमियर लिग खेल्ने २० टिमको टुंगो, फुलहाम प्रिमियर लिगमा बढुवा

आउँदो सिजनको प्रिमियर लिग खेल्ने २० टिमको टुंगो लागेको छ। ईएफएल च्याम्पियनसिप प्लेअफबाट फुलहाम प्रिमियर लिगमा बढुवा भएसँगै लिगको २० टिमको टुंगो लागेको हो।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

लन्डन– आउँदो सिजनको प्रिमियर लिग खेल्ने २० टिमको टुंगो लागेको छ। ईएफएल च्याम्पियनसिप प्लेअफबाट फुलहाम प्रिमियर लिगमा बढुवा भएसँगै लिगको २० टिमको टुंगो लागेको हो।

यसअघि नै च्याम्पियनसिपबाट लिड्स युनाइटेड र वेस्ट ब्रोम शीर्ष दुई टोलीमा पर्दै प्रिमियर लिगमा बढुवा भइसकेका छन्। त्यस्तै, तेस्रो टिमको बढुवाका लागि प्लेअफमा ४ टिमले प्रतिस्पर्धा गरेका थिए।

प्रिमियर लिग बढुवाको लागि हुने प्लेअफको सेमीफाइनल खेलमा ब्रेन्टफोर्डले स्वान्सियालाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने फुलहामले कार्डिफ सिटीलाई हराउँदै फाइनलमा पुगेको थियो।

वेम्वले रंगशालामा सम्पन्न फाइनल खेलमा फुलहामले ब्रेन्टफोर्डलाई २–१ गोलअन्तरले हराएपछि ऊ प्रिमियर लिगमा फर्किएको हो।

गएको सिजनबाट बर्नेमाउथ, वाटफोर्ड र नर्विच सिटी रेलिगेसनमा परेका थिए। घटुवा भएका तीन टोलीबाहेक अन्य सबै टोलीसहित लिड्स युनाइटेड, वेस्टब्रोम र फुलहामले आउँदो सिजनमा प्रिमियर लिग खेल्नेछन्।

अब प्रिमियर लिगको २०२०/२१ आउँदो सेप्टेम्बर १२ बाट सुरु हुने छ।

प्रकाशित: Aug 05, 2020| 09:23 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।