सोमबार, असार २९, २०८३

इंग्ल्यान्डले जित्यो एकदिवसीय सिरिज

आयरल्यान्डसँग तीन शृंखलाको एक दिवसीय क्रिकेट प्रतियोगिताको लगातार दुई खेलमा जित निकाल्दै इंग्ल्यान्डले सिरिज जितेको छ। उसले दोस्रो खेलमा आयरल्यान्डलाई ४ विकेटले हराउँदै सिरिज कब्जा गरेको हो।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

साउथह्याम्टन– आयरल्यान्डसँग तीन शृंखलाको एक दिवसीय क्रिकेट प्रतियोगिताको लगातार दुई खेलमा जित निकाल्दै इंग्ल्यान्डले सिरिज जितेको छ। उसले दोस्रो खेलमा आयरल्यान्डलाई ४ विकेटले हराउँदै सिरिज कब्जा गरेको हो।

टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले पूरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २१२ रन जोडेको थियो। जवाफी ब्याटिङमा आएको इंग्ल्यान्डले ३२.३ ओभर खेल्दै ६ विकेटको क्षतिमा २१६ रन बनाएपछि सिरिज जित्यो।

प्हिलो इनिङमा कर्टिस क्याम्परले ६८ रनको अर्धसतकिय इनिङ खेले। त्यस्तै, हेरी टेकरले २८, सिमी सिंहले २५ र एन्डी म्याकब्रिनले २४ रनको योगदान दिए। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

यता इंग्ल्यान्डकन अदिल रशिदले तीन विकेट लिए। दुई विकेट लिनेमा शकिव महम्मोद र डेविड विले रहे।

जवाफी ब्याटिङमा आएको इंग्ल्यान्डका जोनी ब्रिस्टवले ८२ रनको अर्धसतकिय पारी खेले। त्यस्तै विले र साम बिलिङले क्रमशः अविजित ४७ र ४६ रन बनाए।

फिल्डिङमा खटिएका जोस लिटल, क्याम्पर र योङले क्रमशः ३, २ र १ विकेट लिए। पहिलो खेल इंग्ल्यान्डले ६ विकेटले जितेको थियो। शृंखलाअन्तर्गत अन्तिम खेल अगामी ४ तारिकमा हुनेछ।

–ईएसपीएन क्रिकइन्फो

प्रकाशित: Aug 05, 2020| 08:19 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।