बिहीबार, चैत ५, २०८२

अपमानजनक तरिकाले खोक्ने खेलाडीले रेड कार्ड पाउने

फुटबल प्रतियोगितामा अन्य टिमका खेलाडी वा अफिसियलमाथि अपमानजनक तरिकाले वा जानाजान खोक्ने खेलाडीलाई अब रातो कार्ड देखाइने भएको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

जुरिच– फुटबल प्रतियोगितामा अन्य टिमका खेलाडी वा अफिसियलमाथि अपमानजनक तरिकाले वा जानाजान खोक्ने खेलाडीलाई अब रातो कार्ड देखाइने भएको छ। फुटबलको नियमनकर्ता निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी)ले यस्तो निर्णय गरेको हो।

National life

आईएफएबीले कसैमाथि अपमान हुनेगरी वा अपमानजनक भाषा र हैरानी दिँदै इसारा गर्ने कुरा यसभित्र पर्छन्। जसमा खेलाडीले सांकेतिक तरिकाले खोक्ने गरेका छन्।

‘सबै अमानजनक कुराहरुको अध्ययन गरेर रेफ्रीले त्यस्तो अपमानको प्रकृति बुझ्नुपर्ने छ,’ बोर्डले भनेको छ। साथै नयाँ नियमाबारेको गाइडलाइन कोरोना महामरीकै बीच सार्वजनिक गरिने पनि आईएफएबीले बताएको छ।

आईएफएबीको सूचनामा भनिएको छ, ‘यदि त्यो कुरा स्पष्टरुपमै आकस्मिक तवरले भएको भए रेफ्रीले त्यसविरुद्ध प्रतिकृया दिने छैनन्। लामो दूरीमा भएको मानिसको अघि यो नियम लागू हुने छैन । नजिकै भए र आमानजनक भए रेफ्रीले कार्ड देखाउन सक्नेछन्।’

–बीबीसी

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 04, 2020| 12:20 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।