सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अदालती छानबिन चलिरहँदा पनि एन्फान्टिनो फिफा अध्यक्षमा कायम रहने

अदालती छानबिन चलिरहँदा पनि एन्फान्टिनो फिफा अध्यक्षमा कायम रहने

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष गियान्नी एन्फान्टिनोमाथि आपराधिक मुद्दामा छाबिन भइरहे पनि उनी अध्यक्षको जिम्मेवारीबाट नहट्ने भएका छन्।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

जुरिच– विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष गियान्नी एन्फान्टिनोमाथि आपराधिक मुद्दामा छाबिन भइरहे पनि उनी अध्यक्षको जिम्मेवारीबाट नहट्ने भएका छन्। फिफाले एक सूचना सार्वजनिक गर्दै अदालतको अनुसन्धानमा सहयोग गर्ने तर एन्फान्टिनोले राजीनामा नगर्ने बताएको हो।

फिफा अध्यक्ष एन्फान्टिनोविरुद्ध स्विस संघीय अभियोजक स्टेफेन केलरले जुलाई अन्तिममा कानुनी कारबाही सुरु गरेका थिए। एन्फान्टिनो सम्मिलित विश्व फुटबल गभर्निङ निकायले स्विस महान्यायाधिवक्ता माइकल लेबरसँग गरेको गोप्य वार्ताको विषयलाई लिएर स्विस अदालतमा उनको मुद्दा चलिरहेको छ।

सो बैठकमा उपस्थित भएको र सुपरभाइजरलाई ढाँटेको अभियोगमा जुलाई अन्तिममा महान्याधिवक्ता लेबरलाई भने राजीनामा दिन प्रस्ताव गरिएको थियो। लेबर महान्यायाधिवक्ताको रुपमा गत जुलाई ३१ बाट जिम्मेवारीबाट बाहिरिसकेका छन्।

तर घटनाको विश्लेषण गर्दै उनीहरु दुवैले उक्त बैठकमा कुनै गलत नगरेको बताउँदै आएका छन्। फिफाको सूचनामा एन्फान्टिनोले गत जुनमा भनेको अभिव्यक्ति पनि प्रस्तुत गरेको छ, जहाँ उनले भनेका थिए, ‘स्विजरल्यान्डका महान्यायाधिवक्तासँगको भेटघाट पूर्णरुपमा वैध छ। यो कुनै नियमको उल्लंघन होइन।’

गत जुनमा स्टेफन केलर सरकारी अभियोजकमा नियुक्त भएपछि उनले सो भेटघाटबारे अध्ययन सुरु गरेका थिए। उनले त्यहाँ शंकास्पद काम भएको पाएपछि महान्यायाधिवक्ताको कार्यालयमा केरकार सुरु गरेका थिए।

बैठकमा मुख्य सरकारी वकिल उपर वालाइज र रिनाल्डो अर्नोल्डसमेत थिए।

–बीबीसी

प्रकाशित: Aug 03, 2020| 17:02 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।