बिहीबार, चैत ५, २०८२

भलिबलको कभर्ड हलका लागि पहल सुरु भइसकेको छ : सदस्यसचिव सिलवाल

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्(राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा पनि कभर्डहल नहुनु दुखद विषय भएको बताएका छन्।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्(राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा पनि कभर्डहल नहुनु दुखद विषय भएको बताएका छन्।

National life

त्यसैले राष्ट्रिय खेललाई थप उचाइमा पुर्याउन आफ्नो तर्फबाट कभर्ड हल निर्माणका लागि पहल सुरु भइसकेको पनि उनले बताए।

उनले भलिबल संघलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न आग्रह गरेका छन्। साथै सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ, त्यो विश्वासलाई कहिले टुट्न नदिने बताए।

सिलवाल गत सोमबार राखेप सदस्यसचिव नियुक्त भएपछि बधाई दिन नेपाल भलिबल संघले आयोजना कार्यक्रममा सदस्यसचिव सिलवालले भने, ‘खेलकुदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ, त्यसमा इमानदार भएर अगाडि बढ्नेछु। मलाई पुनः जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र सदस्यसचिव सिफारिस समितिलाई धन्यवाद दिन चाहन्छु। उहाँहरुको विश्वासलाई कहिले टुट्न दिने छैन।’

उनले अबको चार वर्षको अवधिमा खेलकुदलाई सम्मान योग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

Laxmi sunrise bank
kumari

पद ओगट्न आएको हैन : श्रेष्ठ

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषदमा पद ओगट्न र राजनीति गर्न नभइ खेलकुदको विकासमा सहयोग गर्न आएको बताए। उनकै सम्मानमा नेपाल ब्याडमिन्टन संघले सोमबार आयोजना गरेको बधाइ तथा स्वागत कार्यक्रममा सदस्य श्रेष्ठले उक्त धारणा राखेका हुन् ।

श्रेष्ठलाई नेपाल ब्याडमिन्टन संघले राखेपको सदस्यमा मनोनयन गर्न युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो। श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन्।

ब्याडमिन्टन खेलाडी श्रेष्ठ विगत २५ वर्षदेखि ब्याडमिन्टनमा संलग्न छन्। श्रेष्ठ ४५ वर्षमाथि उमेर समूहको डबल्स च्याम्पियन हुन्। उनले पार्टनर भूमिबहादुर गुरुङसँग मिलेर करिब २४ डबल्स उपाधि जितेका छन्। श्रेष्ठ र भूमिको जोडी ४५ वर्षमाथि उमेर समूहमा वर्तमान नम्बर वान मानिन्छ।

प्रकाशित: Aug 03, 2020| 16:10 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।