सोमबार, असार २९, २०८३

१३ वर्षपछि ‘सिरी ए’का खेलाडी बने शीर्ष गोलकर्ता

काठमाडौं– इटालियन क्लब लाजियोका सिरो इमोबाइलले ‘सिरी ए’ गोल्डेन बुट र युरोपियन गोल्डेन सुज जितेका छन्। युरोपको घरेलु लिगमा सर्वाधिक गोल गरेसँगै उनले यी दुवै अवार्ड जितेका हुन्।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं– इटालियन क्लब लाजियोका सिरो इमोबाइलले ‘सिरी ए’ गोल्डेन बुट र युरोपियन गोल्डेन सुज जितेका छन्। युरोपको घरेलु लिगमा सर्वाधिक गोल गरेसँगै उनले यी दुवै अवार्ड जितेका हुन्।

सिरी ए मा इमोबाइलको यो तेस्रो गोल्डेन बुटसमेत हो। उनले सन् २०१३–१४ मा २२ गोलका साथ गोल्डेन बुट जितेका थिए भने २९ गोलका साथ सन् २०१७–१८ मासोही अवार्डले सम्मानित भएका थिए।

यो सिजनमा ३६ गोल गरेका इमोबाइलले गोन्जालो हिउगेनले बनाएको रेकर्डसँग बराबरी गरे। हिउगेनले सन् २०१५–१६ को सिजनको घरेलु लिगमा ३६ गोलको रेकर्ड राखेका थिए।

यता लिगको अन्तिम खेलका दौरान आराममा रहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो भने ३१ गोलमै सीमित भए। उनी सिरी ए का दोस्रो सर्वाधिक गोलकर्ता बने। त्यस्तै २३ गोल गरेका इन्टर मिलानका रोमेलु लुकाकु सिरी ए मा सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी बने।

इमोबाइलले बायर्नका लेबान्डोस्कीभन्दा दुई गोल धेरै गरेका छन्। उनीअघि लेवान्डोस्कीले गोल्डेन बुट जित्नसक्ने दाबी गरिएको थियो। बुन्डेसलिगामा लेवान्डोस्कीले ३४ गोल गरेका छन् भने ला लिगामा २५ गोल गरेका मेस्सी घरेलु लिगको शीर्ष गोलकर्ताका रुपमा छन्।

त्यस्तै, इंग्लिस प्रिमियर लिग (ईपीएल)मा लेस्टर सिटीका वर्डीले सर्वाधिक २३ गोल गरे। यता फ्रान्सेली लिग वान भने बीचमै रद्द भएका कारण त्यहाँका कुनै खेलाडी शीर्ष गोलकर्ताको प्रतिस्पर्धामा आउन सकेनन्।

लामो समयबाट ला लिगाले युरोपियन शीर्ष गोलकर्ताको अवार्ड जित्दै आएको थियो। २००६–०७ मा रोमाका फ्रान्सिस्को टोटीले सो अवार्ड जितेपछि त्यसपछि प्रत्येक वर्ष ला लिगाका खेलाडीले नै जिते। २०१३–१४ मा भने सुआरेज (लिभरपुल) र रोनाल्डो (रियल मड्रिड)ले अवार्ड सेयर गरेका थिए।

२००६–०७ यता डियाको फ्लोरेन (एट्लेटिको मड्रिड)ले एक पटक, लुइस सुआरेज(लिभरपुल–बार्सिलोना)ले दुई पटक, क्रिस्टियानो रोनाल्डोले ४ पटक जित्दा लियोनेल मेस्सी (बार्सिलोना)ले ६ पटक जितिसकेका छन्।

यो सिजनमा भने मेस्सी २५ गोलमै सीमित बने पनि स्पेनिस शीर्ष फुटबलका लिग ला लिगाको सर्वाधिक गोलकर्ता बने।

युरोपभरिका शीर्ष फुटबल लिगमा धेरै गोल गर्ने खेलाडीलाई प्रत्येक वर्ष गोल्डेन बुटले सम्मान गरिन्छ। तर गोलको स्तर घरेलु लिगको गुणस्तरले मापन गर्छ।

प्रकाशित: Aug 02, 2020| 14:30 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।