मंगलबार, जेठ ८, २०८१

‘सपना खोज्ने मानिसको कथा हो डुमेरो’

चाहे महिला होस् वा पुरुष, चुनौतीका अनेकौं पहाडमा ऊ निरन्तर अघि बढ्न खोज्छ। यही स्वपहिचानको खोजी हो डुमेरो।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

सरला गौतमले पत्रकारिताबाट लेखकीय जीवन आरम्भ गरेकी हुन्। उनी सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारका रुपमा परिचित छन्। पत्रकारितामा उनी सामाजिक र राजनीतिक मुद्दामाथि विशेष केन्द्रित हुन्छिन्। उनै गौतमको पहिलो साहित्यिक कृति प्रकाशित भएको छ– डुमेरो। उपन्यास लेखनको प्रभाव, प्रेरणा र विषयवस्तुबारे गौतमसँग गरिएको छोटो वार्ता :

triton college

उपन्यास लेखनको प्रेरणा कहाँबाट प्राप्त भयो?

मैले पाठकका रूपमा कथाहरूमा आफूलाई खोज्थें होला। भेटिनँ कि! मलाई नै खोज्न मेरो मनको लेखकले उपन्यास लेख भन्यो। मलाई आफू बाँचेको समय, भोगाइ र अनुभूतिबाट प्रेरणा प्राप्त भयो।

डुमेरोको कथ्य विषय के हो?

बदलिएको सामाजिक आर्थिक संरचनामा एउटा मनिस आफू र आफ्नो सपना खोज्न हिँड्छ। चाहे महिला होस् वा पुरुष, चुनौतीका अनेकौं पहाडमा ऊ निरन्तर अघि बढ्न खोज्छ। यही स्वपहिचानको खोजी हो डुमेरो।

corrent noodles
Metro Mart

अखबारी लेखनबाट आख्यानतर्फ कसरी आकर्षित हुनुभयो?

मनलाई अखबारमा पोखिएर धीत् नमरेर होला नि ।

तपाईंको उपन्यासको फरक विशेषता के के छन्?

हरेक दिन अनेक रङका भोगाइ छन्। नौलानौला छन् चुनौती। उस्तै रोमाञ्चक छन् अनुभूति। सायद मन अलि फराकिलो क्षितिजमा फैलन खोज्यो कि। यो मनले जताजता लग्यो म उतै गएँ। डुमेरो उपन्यास यसकै परिणाम हो।

पाठकलाई के भन्नुहुन्छ?

यो संकटको समयमा मलाई माया गर्ने पाठकलाई यही पुस्तकबाट मंगल कामना गर्दछु।

प्रकाशित: Aug 01, 2020| 09:15 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...