सोमबार, असार २९, २०८३

सीपीएल खेल्न सन्दीप वेस्ट इन्डिज जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आयोजक देश क्यारेबियन जाने भएका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आयोजक देश क्यारेबियन जाने भएका छन्।

अमेरिकी एम्बेस्सीले चार्टर गरेको कोरियन एयरलाइन्सको विमानबाट उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्ने उनको व्यवस्थापक रमन सिवाकोटीले बताएका छन्।

नेपालबाट भदौ १ गतेअघि अन्तर्राष्ट्रिय उडान बन्द रहेका कारण उनले सीपीएल खेल्न पाउने/नपाउनेमा अन्योल थियो। तर, अब उनी सीपीएलको योजनाअनुरुप अगस्त १ सम्ममा उनी वेस्ट इन्डिज पुग्नेछन्।

सन्दीप क्यारेबियन प्रिमियर लिगमा जमैका तलाबाहजमा अनुबन्धन भएका छन्। उनी एक करोड ५६ लाख रुपैयाँमा क्लबमा अनुबन्दित भएका थिए। उनले यसअघि पनि दुई सिजनको सीपीएल खेलिसकेका छन्।

क्यारेबियन प्रिमियर लिग आउँदो अगस्त १८ बाट सुरु हुँदैछ। सन्दीप आउँदो सिजनको सीपीएल खेल्ने एकमात्र नेपाली खेलाडीसमेत हुन्।

सीपीएलमा जानका लागि सन्दीपले हिजो(मंगलबार) सानेपाको स्टार अस्पतालमा कोरोना परीक्षण गराएका थिए। परीक्षणको रिपोर्ट आज आउने छ।

प्रकाशित: Jul 29, 2020| 11:12 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।